ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सिनेटको मतदानप्रति साउदी अरेबिया आक्रोशित


admin
२ पुस २०७५, सोमबार   ३ : ५९   बजे

एजेन्सी,२ पुस । अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको “हस्तक्षेप” भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको छ ।

साथै, सिनेटले पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी राजकुमारलाई जिम्मेवार ठह¥याएको छ ।

“साउदी अरब अमेरिकी सिनेटको पछिल्लो दृष्टिकोणको भत्र्सना गर्दछ किनभने सिनेटका आरोपहरु अपुष्ट छन् । त्यसैले साउदी अरब आन्तरिक मामिलामा भएको अमेरिकी ठाडो हस्तक्षेपलाई अस्वीकार गर्दछ,” विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

अमेरिकी सिनेटको मतदानले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि नयाँ चेतावनी दिएको छ । राष्ट्रपति ट्रम्पले यमनको द्वन्द्वमा अमेरिकी हतियारको व्यापक प्रयोग भएको तथा पत्रकार खशोग्जीको हत्याका बारेमा विश्वव्यापी आलोचना भइरहेको साउदी अरेबियाको शासन सत्तालाई समर्थन गरिरहनुभएको छ ।

यमनको गृहयुद्धमा अमेरिकी समर्थन त्याग्नुपर्ने पक्षमा ४९ जना सिनेटरले मतदान गरेका थिए । उक्त मतदानमा डेमोक्राट र उनीहरुका विचारमा समर्थन जनाउने सात जना रिपब्लीकन सिनेटर सहभागी भएका थिए । राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लीकनका अरु तीन जना सिनेटर मतदानमा उपस्थित भएनन् ।

सिनेटले पत्रकार खशोग्जीको हत्यासम्बन्धी निन्दा प्रस्ताव पनि पारित गरेको छ । सिनेटले साउदी अरेबियाका मुख्य शासक राजकुमार मोहम्मद बिन सल्मान नै यसमा जिम्मेवार ठह¥याएको छ ।

साउदी विदेश मन्त्रालयले राजपरिवारमाथि हुने कुनै पनि किसिमको “अपमान” सह्य नहुने बताएको छ । “अमेरिकी सिनेटको यो कदमले साउदी–अमेरिकी सम्बन्धमा दरार ल्याउन खोज्ने सबैलाई मद्दत गरेको छ ।”
सिनेटको उक्त प्रस्तावमाथि जनवरी अघि हाउस अफ रिप्रिजेन्टेटिभमा छलफल हुने छैन । राष्ट्रपति ट्रम्पले विशेषाधिकारको प्रयोग गर्ने सम्भावना छ । तर सिनेटको मतदानले ह्वाइट हाउसमा रियादका बारेमा भिन्न दृष्टिकोण अबलम्बन गर्नेतर्फ सोच्न बाध्य बनाउनेछ ।

अमेरिकी अखबार वसिङ्टन पोस्टका लागि नियमित स्तम्भकार जमाल खशोग्जीको टर्कीको इस्तानबुलस्थित साउदी महाबाणिज्यदूतावास कार्यालयमा प्रवेश गरेलगत्तै गत अक्टोबर २ मा हत्या भएको थियो ।

यमनमा जारी गृहयुद्ध र साउदी गठबन्धन नेतृत्वमा भएको हवाई आक्रमणले भएको जनधनप्रति अमेरिकी कङ्ग्रेसमा छलफल शुरु भएको छ । सन् २०१५ यता साउदी गठबन्धनको आक्रमणबाट १० हजारभन्दा बढीको यमेनीको ज्यान गइसकेको छ । अधिकारकर्मीले यो संख्या अझ बढी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group