ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनमाल चोरी गर्ने गिरोह पक्राउ


admin
४ पुस २०७५, बुधबार   ८ : ०७   बजे

भक्तपुर, ४ पुस । महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुरका विभिन्न ठाउँमा सुन, चाँदीका गरगहना, नगद र टेलिभिजनलगायतका सामग्री चोरी गर्ने दुई गिरोहका ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

परिसरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चोरीमा संलग्न दुई वटा गिरोह, बरामद गरिएका गरगहना एवं अन्य सामान, चोरीमा प्रयोग भएका तीन वटा मोटरसाइकल र अन्य औजार सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले चोरीमा संलग्न रहेको नौ जना र करीब रु ५० लाख बराबरको चोरिएका गरगहना एवं धनमाल बरामद गरेको बताउनुभयो ।

प्रहरीले भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको घरलगायत भक्तपुरका विभिन्न नौ स्थानमा दिउँसोको समयमा चोरी गर्ने गिरोहलाई चोरीएका सामानसहित पक्राउ गरेको उहाँले बताउनुभयो ।

सुनका गरगहना तथा नगद चोरी गरी बिक्री वितरण तथा खरीद गर्ने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रे तिमाल गाउँपालिका वडा नं ३ सरमथली घर भई हाल काठमाडौँ अत्तरखेल बस्ने २९ वर्षीय विवेक भन्ने वाङ्देन तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी काभ्रे भुम्लु गाउँपालिका वडा नं ३ घर भएका २२ वर्षीय विकास भन्ने सुमन लामा, मोरङ केराबारी गाउँपालिका वडा नं २ स्थायी घर भई हाल काठमाडाँै चाबहील बस्ने २३ वर्षीय सन्तोष विक, चोरीका गहना गालेर बिक्री गर्ने भारत महाराष्ट्र प्रदेश साङ्ली थाना तासगाउँ ग्राम पानमलेबाडी घर भई हाल काठमाडौँ– ७ चाबहील बस्ने २७ वर्षीय सचिन भन्ने वैभव बापुसो भोसलेलाई पक्राउ गरेको छ ।

सोही गिरोहका अन्य तीन जना भने फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेकाका साथबाट सुनका गरगहना तथा गालेका सुनका टुक्रा गरी करीब १६.५ तोला, सुनको सिक्का एक थान, गालेका चाँदीका टुक्रा ४२ तोला र नगद नेपाली रुपैयाँ १९ लाख ५८ हजार ७५० र भारतीय रुपैयाँ २५ हजार ५०० बरामद गरेको छ ।

प्रहरीले चोरीमा संलग्न रहेको तीन वटा मोटरसाइकल, पाँच थान मोबाइल सेट, एक थान फलाम काट्ने मेसिन, चार थान कटर ब्लेड र चोरी कार्यमा प्रयोग हुने दुई थान विभिन्न औजार, सुन राख्ने बट्टा, नगरपालिकाका उपप्रमुख रजनी जोशीको नामको गहना तथा सहकारीको रसिद, गणेशको मूर्ति, शङ्ख र तन्नाका टुक्रा बरामद गरेको छ ।

प्रहरीले मङ्गलबार राति मध्यपुरथिमि नगरपालिका– ५ स्थित हिम इलेक्ट्रोनिक्सको स्टोरबाट चोरी भएका रु १० लाख मूल्य बराबरका विभिन्न इञ्चका १४ थान सामसुमका टेलिभिजनसहित काठमाडौँ थापागाउँबाट सात जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा रामेछाप मन्थली नगरपालिका–४ घर भई हाल बानेश्वर थापागाउँ बस्ने ३६ वर्षीय राजु काफ्ले, रामेछाप लिखु तामाकोशी गाउँपालिका– १ घर भई हाल कटुञ्जे बस्ने २७ वर्षीय दिनेश पौडेल, दोलखा तामाकोशी–६ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने २१ वर्षीय शिव फुयाँल र रामेछाप लिखु तामाकोशी– २ घर भई हाल काठमाडौँ अनामनगर बस्ने २५ वर्षीय नारायण दाहाल रहेका छन् ।

प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने ४० वर्षीय सुवास थापामगर, भक्तपुर नगरपालिका–४ बस्ने २० वर्षीय सुजन जाकिबञ्जार र चाँगुनारायण नगरपालिका– ५ छालिङ बस्ने २७ वर्षीय नीरञ्जन लागेजुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेकामध्ये काफ्ले सोही कम्पनीका पूर्व प्लम्बर र मगर गार्ड र सहायक स्टोर किपरकोसमेत मिलेमतो रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

प्रहरीले निजबाट ५५ इञ्चको टिभी तीन थान, ४९ इञ्चको टिभी एक थान, ४३ इञ्च टिभी पाँच थान र ३२ इञ्चको पाँच थान बरामद गरेको छ । चोरीकाबारेमा थप अनुसन्धान भइरहेको र फरारको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपछि ९१० जना बेपत्ता, ५१७ विदेशी नागरिक सम्पर्कविहीन

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu