काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई द्रूत बनाउन, घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन निर्देशन दिएका छन् ।
बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्रीले बोलाएको उच्चस्तरीय बैठकमा विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित, सफा हुनुपर्ने भन्दै निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सृजित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् ।
क्याम्पहरूमा व्यक्तिगत गोपनीयताको सुनिश्चित गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न स्पष्ट निर्देशन दिएका छन् ।
बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्