ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सवारी चालकले मोबाइल प्रयोग गर्न नपाउने


admin
८ पुस २०७५, आइतबार   ४ : ३१   बजे

दाङ,८ पुस । दुर्घटना न्युनिकरण गर्न ५ नम्बर प्रदेश प्रहरीले सवारी चलाउँदा चालकहरुलाई मोवाइल प्रयोग गर्न रोक लगाएको छ ।

एक पछि अर्को ठुला दुर्घटनाहरु भैरहेको बेला प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा रहेका सबै जिल्लामा जुनसुकै सवारी साधन चलाउँदामोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीले बताउनुभयो ।

चालकले मोबाइलमा कुरा गर्दा अधिकाश ठुला घटनाहरु घटेका छन् अब मोटरसाइकल देखि अन्य कुनैपनि प्रकारका सवारी साधन चलाउदा मोवाइल फोनको प्रयोग गरेको पाईएमा अन द स्पट कारबाही गरिने समेत बताउनु भयो ।

यसमा यात्रुहरु समेत सचेत रहनुपर्छ उहाँको भनाई थियो । प्रहरीले सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दोस्रो संमसोधन २०७३ अनुसार कार्वाही अगाडि बढाईने समेत जानकारी दिएको छ ।

यात्रुहरु सचेत भएर यात्रा गर्दा अझ सुरक्षित हुन्छ हामीले ट्राफिक र सहचालक लाई राखेर ठाउँ ठाउँमा यात्रुलाई सचेतना र जानकारी दिन अभियान समेत सुरु गर्न लागेको उहाँले बताउनु भयो ।

विशेष गरि लामो रुटहरुमा सञ्चालन हुने सवारी साधनहरुलाई रिफ्रेस सेण्टरमा १५ मिनेछ रोकेर यात्रुहरू लाई गन्तव्यमा पुग्न यति समय लाग्छ,हामी अहिले यतिको दुरि पार गरेर आयौ केही समस्या आएमा तत्काल प्रहरी र गाडि धनी तथा सहचालकको नम्बर सहित सार्वजनिक गरेर गाडिहरु पठाउने अभियान सञ्चालन गर्न समेत सबै मातहतका युनिटहरुमा निर्देशन दिईसकेका छौ डिआईजि अधिकारीले भन्नुभयो ।

अधिकाश दुर्घटनाहरुमा चालकको लापरवाही देखिन्छ भने, अर्काे सडकको अवस्था हो, उहाँले भन्नुभयो । साथै सवारी दुर्घटनाका अन्य कारणहरु भनेको सवारी साधनको अवस्था र टेक्निकल कुराहरु र जनचेतनाको कमिले हुने गरेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group