ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार ढाल्ने सपना अहिले नसोचौं ,बेला आएपछि जनताले ढाल्छन् : युवा नेता थापा


admin
८ पुस २०७५, आइतबार   ५ : २८   बजे

काठमाडौं,८ पुस । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी शर्मा ओली नेतृत्वको बलियो सरकार बरालिएको बताएका छन । आइतबार प्रथम चापाकोट महोत्सवको समापन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

ओली नेतृत्वको सरकार काममा होइन, सपनाको चक्रव्यूहमा बरालिएको उनले बताए ।’ नेपाली जनता र प्रतिपक्षीले काम गर्ने अवसर र वातावरण दिँदा पनि सरकारले काम गर्न नसकिएको उनले आरोप लगाएका छन।

दुई तिहाईको बहुमत सरकार हुँदा पनि कुनै काम गर्न नसक्नुले देशमा जनता कांग्रेसको विकल्प खोजिसकेको उनले बताए । ओलीले सुखी नेपाली–समृद्ध नेपाल’ नाराले जनतालाई जुक्याइरहेका छन्’, उनले भने, ‘नारा केवल नारामा मात्र सीमित हुने देखियो ।

उनले भने, ‘सरकारसँग काम गर्ने मौका र अवसर थियो । अवसर छोप्न र काम गर्न सक्नुपथ्र्यो सकेन, ।’देशको श्रमशक्ति विदेश बेचेर देश धनी र देशको समृद्धि नहुने उनले ठोकुवा समेत गरेका छन । ‘सरकार जग बलियो छ । दुई तिहाई बहुमत छ’, उनले भने, ‘सरकार ढाल्ने सपना अहिले नसोचौं ।

बेला आएपछि जनताले ढाल्छन्।’ नेपाली काँग्रेस सरकार ढाल्न भन्दा सरकारले गरेका गलत कार्य र प्रवृत्तिलाई नागरिक सामु पुर्याउन लाग्नुपर्ने भन्दै उनले कायकर्तालाई आग्रह गरे । फरक प्रसंगमा नेता थापाले ओली सरकार तत्काल कसैले चाहँदैमा ढाल्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group