ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशको चालु खाता घाटा ४० प्रतिशतभन्दा बढी


admin
८ पुस २०७५, आइतबार   ६ : २५   बजे

एजेन्सी,८ पुस । आर्थिक बर्ष २०१८-०१९ को पहिलो चार महिनामा बङ्गलादेशको चालु खाता घाटामा वृद्धि भै झण्डै दुई अर्ब अमेरिकी डलर पुगेको बङ्गलादेशको केन्द्रीय बैंकले आइतबार जानकारी गराएको छ ।

बङ्गलादेशमा आम निर्वाचन नजिकिँदै जाँदा निर्यातमा निरन्तर गिरावट आएपछि बैंकको चालु खाता सन्तुलनमा समस्या आएको हो ।

बङ्गलादेश बैंकको तथ्याङ्क सार्वजनिक गर्दै नाम नबताउने शर्तमा एक अधिकारीले भने, बङ्गलादेशको चालु खाता सन्तुलनमा जुलाईदेखि अक्टोबरको चार महिनाको अवधिमा एक अर्ब ९९ करोड २० लाख अमेरिकी डलर देखिएको उनले बताए । अघिल्लो बर्ष (आर्थिक बर्ष २०१७÷०१८) को सोही अवधिमा उक्त सन्तुलन तीन अर्ब ३६ करोड ९० लाख अमेरिकी डलर रहेको बताइएको छ ।

राष्ट्रको वैदेशिक व्यापारको प्रकृतिलाई मापन गर्ने दुईमध्ये एक प्रमुख साधनका रूपमा चालु खाता घाटालाई हेर्ने गरिन्छ । बङ्गलादेशमा पछिल्ला महिनाहरूमा चालु खाता सन्तुलनमा निकै कमी देखिएको हो । गत आर्थिक बर्षको शुरूमा आयातमा निकै माथि पुगेकोले पनि चालु खाता सन्तुलनमा कमी आएको देखिएको हुनसक्ने बैंक स्रोतले बताएको छ ।

बङ्गलादेशको चालु खाता घाटा गत आर्थिक बर्षमा १० अर्ब अमेरिकी डलर रहेको थियो, बंैकको तथ्याङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी–त्रिशूली बाढी : पाँच जिल्लाका १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

भोटेकोशी बाढी : जलवायु परिवर्तनको जिम्मेवारी धनी राष्ट्रले लिनुपर्छ

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu