ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


एबीसी न्यूज
९ पुस २०७५, सोमबार   ७ : १६   बजे

 

काठमाडौं, ९ पुस  ।  महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल तथा जबरजस्ती करणी सम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिनुभयो । उहाँले सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न  सदैब सजग हुन समेत आग्रह गर्नुभयो ।

विद्यार्थीहरुले राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी नायव महानिरीक्षक क्षेत्रीले सुरक्षाका लागि प्रहरी औपचारिक पात्र हो भने अनौपचारिक रुपमा सबै जनता भएको उल्लेख गर्दै नागरिकले प्रहरीलाई कुनै पनि आपराधिक गतिविधिका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वृत्त महाराजगंजको एरियामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत हाल सम्म २ ओटा सामुदायिक पालिका समिति, २१ वटा समुदायिक प्रहरी वडा समिति र १०४ वटा प्रहरी विद्यालय सम्पर्क समिति गठन भई सकेको र १२ वटा विद्यालयमा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गतप्रशिक्षण प्रदान गरिसकेको र उक्त कार्यक्रमलाई थप तिव्रता दिने कार्यक्रममा जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती बोर्डिङ स्कूलका निर्देशक डा. सुरेन्द्र सिटौलाले शैक्षिक संस्थाको तर्फबाट मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महानगरीय प्रहरी बृत्त महाराजगंजद्धारा आयोजित उक्त कार्यक्रममा प्रोलिफिक मावि धुम्बाराही, बागमती कलेज सुकेधारा र द इनसाइट भिजन स्कूल धुम्बाराहीका शिक्षक तथा अध्ययनरत बिद्यार्थीहरु एवं प्रहरी अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group