ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा उत्पादित राँगाको मासु घुम्दै पुग्छ चिनमा


admin
४ आश्विन २०७४, बुधबार   १ : २८   बजे

काठमाण्डौं ४, असोज । नेपालमा उत्पादित राँगाको मासु घुम्दै चिन पुग्ने गरेको छ । तर घुमाउदै चिनमा मासु पुर्याउनु भने नेपाली व्यावसायीको रहर नभई बाध्यता बनेको छ । चिनको सरकारले गुणस्तर परीक्षण नगरिएको मासुलाई आयात गर्न दिदैन , सोही कारण व्यवसायीले घुमाउरो बाटो प्रयोग गरेर उत्पादित मासुलाई तेस्रो मुलुक हुदै चिन पुर्याउने गरेका छन् ।

यहाँ उत्पादित मासु भारत, भियतनाम र थाइल्यान्ड हुदै चिन पुग्ने गरेको छ । चीनमा मासुको परिकारको अत्यधिक माग छ । तर, त्यो मागलाई धान्नका लागि सीधा नभई तेस्रो मुलुकको सहारा लिइएको छ । यसै कारण सरकारी अभिलेखमा मासु चीन निर्यात भएको देखिदैन ।

नेपालमा खुलेका मासुजन्य उद्योगमा चिनिया लगानीकर्ताको लगानी छ, जसले नेपाली व्यवसायीसँग साझेदारी गरेका छन् । ती कम्पनीको मुख्य उद्देश्य आफ्नो मुलुकमा रहेको अत्यधिक माग धान्नु हो । र, सीधा निर्यात गर्न नसकिने भएकाले उनीहरुले तेस्रो मुलुकको बाटो अपनाएर चिनिया भूमिमा प्रवेश गराउँछन् ।

नेपालमा हालसम्म चिनिया लगानीमा १० वटा मासु उद्योग खुलिसकेका छन् । तर, तीमध्ये अधिकांश बन्द छन् । वीरगञ्ज र हेटौंडाका उद्योग बन्द भइसकेको व्यवसायीहरुले जानकारी दिए । विदेशमा माग भएअनुसारको उत्पादन गर्न नसक्ने र स्वदेशसी बजारमा मागै नभएका गरेका कारण उद्योगहरु बन्द गर्नुको विकल्प नरहेको व्यवसायीहरुको भनाइ छ ।

नेपालबाट उत्पादित मासु अन्य मुलुकको तुलनामा सस्तो पर्छ । नेपालले राँगा र भैंसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहेको व्यवसायीको भनाइ छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष ०७३र७४ मा ३६ करोड रुपैयाँको राँगा तथा भैंसीको मासु थाइल्यान्ड, भियताम र लाओस निर्यात भएको छ ।

भारतबाट चराउँदै नेपाल भित्र्याइएका राँगा, भैंसी ती उद्योगमा र्पुयाएर काटिन्छ र मासु प्रशोधन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group