ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरता जेसीजलाई देशभरकै ‘सर्वोत्कृष्ट शाखा’सहित दुई पुरस्कार


admin
११ पुस २०७५, बुधबार   २ : ४३   बजे


बिर्तामोड, ११ पुस । झापाको बिर्तामोड–१ स्थित वीरता जेसीज देशभरका शाखाहरु मध्ये सर्वोत्कृष्ट शाखा पुरस्कारबाट पुरस्कृत भएको छ ।
सन् २०१८ मा वीरता जेसीजले युवाको व्यक्तित्व, नेतृत्व विकास तथा समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याइएको योगदानको मूल्यांकन गरी नेपाल जेसीजले सर्वोत्कृष्ट शाखा घोषणा गरेको हो ।

नेपाल जेसीजको ४५औं राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालले सर्वोत्कृष्ट शाखाको पुरस्कार वीरता जेसीजलाई प्रदान गरेका हुन् । वीरता जेसीजका अध्यक्ष एकराज गिरीसहित सन् २०१८ बोर्डका पदाधिकारीले संयुक्तरुपमा सम्मानपत्र ग्रहण गरेका थिए ।

त्यस्तै वीरता जेसीज यस वर्ष अन्य संस्था र निकायसँग सहकार्य गर्नेमा पनि देशभरकै उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको छ । राष्ट्रिय अध्यक्ष वस्यालले उक्त समारोहमा वीरता जेसीजका अध्यक्ष गिरीलाई ‘जेसीआई स्ट्राटेजी एचिभमेन्ट अवार्ड इन टपिक कोलाब्रेट’ को पुरस्कार प्रदान गरेका हुन् ।

देशभरका एक सय ४१ जेसीज शाखाहरुमध्ये वीरता जेसीजले सर्वोत्कृष्ट शाखासहित समाजका अन्य पक्षसँग सहकार्य गर्नेमा समेत उत्कृष्ट शाखाको पुरस्कार पाएको हो । जनकपुर जेसीजको आतिथ्यमा यही पुस ७ देखि १० गतेसम्म भएको नेपाल जेसीजको महाधिवेशनमा उक्त पुरस्कार प्रदान गरिएको थियो ।

यसअघि वीरता जेसीजले सन् २०१८ को फेबु्रअरी, अप्रिल, मे र जुन महिनाको लागि जेसी अफ द मन्थको अवार्ड समेत प्राप्त गरेको थियो । त्यस्तै सुरुङ्गा जेसीजको आतिथ्यमा सम्पन्न नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा समेत उत्कृष्ट शाखाको रुपमा वीरता जेसीज पुरस्कृत भएको थियो ।

वीरता जेसीजले यस वर्ष व्यक्तित्व विकास तथा समुदायमा योगदान पुग्ने गरी ८० वटाभन्दा बढी कार्यक्रम सम्पन्न गरेको थियो । ती कार्यक्रमलाई नेपाल जेसीजले सबैभन्दा उत्कृष्ट गतिविधिको रुपमा मूल्यांकन गरेको बताइएको छ । अध्यक्ष गिरीले संस्थाको मूल्यांकन गरी सर्वोत्कृष्ट शाखाको रुपमा पुरस्कृत गरेकोमा राष्ट्रिय अध्यक्ष वस्याल, निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष विकास मानन्धर, निरुपित राष्ट्रिय उपाध्यक्ष रश्मी निरौला लगायत नेपाल जेसीज बोर्डप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

त्यस्तै अध्यक्ष गिरीले यो सफलताका निम्ति योगदान गर्ने वीरता जेसीजका संस्थापक तथा पूर्व अध्यक्षहरु, सन् २०१८ को बोर्ड, संयोजक तथा सदस्यहरु, सहकार्य गर्ने र सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, दीर्घकालीन योजना सभापति राजकुमार पोखरेल, पूर्व अध्यक्ष तथा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत लगायतले देशभरकै सर्वोत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएकोमा जेसीज जीवनकै खुशीको क्षण अनुभूति भएको बताएका छन् ।

जेसीज जीवनको सर्वाधिक खुशीको वर्ष समेत वर्ष २०१८ भएको उनीहरुको प्रतिक्रिया छ । राष्ट्रिय अध्यक्ष वस्यालले महाधिवेशनमा वीरता जेसीजले यस वर्ष गरेका नयाँ र रचनात्मक कार्यसँगै क्रियाशिलताको प्रशंसा गरेका थिए ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव लगायतका अतिथि तथा देशभरका जेसीज शाखाहरुलाई वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले ‘हाम्रो आस्था’ स्मारिका प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group