ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तनहुँमा भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित


admin
१२ पुस २०७५, बिहिबार   २ : १०   बजे

दमौली, १२ पुस । तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् ।

रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिनुभयो । आफूले लगाएको तीन मुरी कोदो भालुले खाइदिएको उहाँको गुनासो छ ।

उहाँले माउ र दुई वटा बच्चासहितको भालुले स्थानीयवासी हमेजदिन मियाँ, उजेली मियाँ, जमिर मियाँ, हाकिमदिन मियाँ, सौकत अली मियाँले लगाएको कोदो खाइदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पन्ध्र दिनदेखि माउसहितको भालुले यस ठाउँका कृषकलाई दुःख दिइरहेको छ ।”

भालु रातभर गाउँमा डुल्ने र घरको आँगनमा राखिएको फर्सी, भँैसी–बाख्रालाई खुवाउनका लागि राखिएको कुँडोसहितको पानीसमेत खाइदिने गरेको स्थानीयवासी जमिर मियाँले जानकारी दिनुभयो । “अलि पहिला त खेतबारीको अन्न मात्रै खाने गरेको थियो, अहिले त घरमै आएर समेत खानेकुराहरू खाइदिने गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार भालुको आतङ्क बढेपछि सर्वसाधारण रात पर्ने बित्तिकै घरमै बस्ने गरेका छन् । उहाँले रातिको समयदेखि बिहान उज्यालो हुने बेलासम्म भालु गाउँघरमै डुल्ने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिका–२, ३ र ४ मा चितुवाले दुःख दिइरहेको छ भने यस ठाउँमा भालुको आतङ्क बढेको छ ।”

यहाँका बाटोका केही ठाउँमा भालुबाट बच्नका लागि सडक बत्तीसमेत जडान गरिएको छ । उज्यालो भएको ठाउँमा भालु नआउने र अँध्यारो भएको ठाउँमा मात्रै भालु हिँड्डुल गर्ने गरेकाले घरछेउमा रहेका झाडी फँडानी गर्न लागिएको रफिक मियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu