ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सकियो लुम्बिनी एक्स्पो-१० लाखले गरे अवलोकन, ४० करोडको कारोबार


sharan sharan
१८ पुस २०७५, बुधबार   ८ : ५७   बजे

बुटवल, १७ पुस ।
रुपन्देही व्यापार संघको आयोजनामा बुटवलमा सञ्चालित लुम्विनी एक्स्पो–२०७५ आज सम्पन भएको छ । एक्स्पोको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननिय लिला गिरीले मेला महोत्सबले आर्थिक क्षेत्रमा ठूलो टेवा पु¥याएको बताउनुभयो । मन्त्री गिरीले भारतको प्रशासनिक राजधानी दिल्ली भएपनि आर्थिक राजधानी बम्बई भएको उदाहरण दिदै नेपालको राजधानी काठमाण्डौ भएपनी बुटवलले आर्थिक र ब्यापारीक क्षेत्रमा मुलुकमा ठूलो टेवा पु¥याएको बताउनुभयो ।
समापन समारोहमा एक्स्पोका बिच संचालित बिभिन्न बिधाका प्रतियोगि तथा सहभागिहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । एक्स्पो डान्स आइडल–२०७५ प्रतियोगिताको उपाधी लिजा मगरले चुमेकी छन् । उनले टप ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै आइडलको उपाधि कब्जा गर्न सफल भएकी हुन । उपाधी बिजेता मगरले नगद पुरस्कार रु. १ लाख १ हजार नगदसहित विभिन्न पुरस्कारहरु प्राप्त गरेकी छन् । दोस्रो उपाधी अनिषा गौतमले प्राप्त गरेकी छन् । द्वितीय उपाधीको पुरस्कार रु. ७५ हजार रहेको छ भने सोनी रानाले रु. ५० हजार पुरस्कार रहेको तेस्रो उपाधी प्राप्त गरेका छन् ।
संघले बिगत ४ वर्ष देखि बुटवलमा एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलाको आयोजना गर्दै आएको छ । आज सम्पन्न मेलामा उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, भलिबल प्रतियोगिता विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, डान्स आइडल, मम्मी डान्स प्रतियोगिता सञ्चालन, गरिएको थियो । एक्स्पोमो १० लाख दर्शकले अवलोकन गरेको र ३५ करोड रूपैयाँ बढीको कारोवार भएको एक्स्पो मूल आयोजक समितिका संयोजक पदम प्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
एक्स्पोको समापनको दिन पनि एक्स्पो अवलोकन गर्ने दर्शकहरु उत्साहजन रुपमा आएको सचिवालयले जनाएको छ । एक्स्पोको खाद्यान्न, कृषि, अन्तराष्ट्रिय र अटोका स्टलहरूमा दर्शकले चासोपूर्वक अवलोकन गर्नुका साथै खरिदमा चासो राखेका थिए ।

समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टल र उद्योगहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्री लिला गिरी, संघ अध्यक्ष पदम प्रसाद श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्रहरु वितरण गर्नु भएको थियो । सो अवसरमा सुरक्षामा सहयोग पु¥याउने सुरक्षा निकायका प्रमुख तथा मेला मुल आयोजक समितिका सदस्य, सल्लाहाकार तथा कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
सहभागी सम्पूर्ण स्टलधनीहरुको तर्फबाट प्रथम एशियन कंक्रिट उद्योग, दोस्रो बुटवल स्टिल फर्निचर उद्योग प्रालि र तेस्रो जस्मिन हाईजिङ प्रोडक्स भएका छन् । कृषितर्फ पैचो पसल प्राली प्रथम, लुम्बिनी हाइड्रोपोलिक दोस्रो तथा स्पाइजर च्याउ कृषक समुह तेस्रो भएका छन् । प्रोत्साहानतर्फ प्रेममिस अल्लो पोशाक, पाल्पाली वास तथा हस्तकला, प्रान तथा बल्याकहर्स जुत्ता पुरस्कृत भएका छन् भने महिला पुरस्कार लाङ्घाली अचारले प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu