ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोग लुकाएर बसेका महिलाको खोजी अभियान


admin
२० पुस २०७५, शुक्रबार   १२ : २०   बजे

राँझा, २० पुस । ग्रामीण क्षेत्रमा रोग लुकाएर बसेका महिलाको स्वास्थ्य उपचारका लागि लायन्स क्लबले खोजी अभियान सञ्चालन गरेको छ ।

रोगबारे थाहा हुँदाहुँदै पनि लाजका कारण रोग पालेर बसेका महिलालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टुका निवर्तमान गभर्नर मधुसुदन शाक्यले जानकारी दिनुभयो ।

“ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर मात्रै हुँदैन, सामान्य सर्वसाधारण शिविरमा आउँछन् तर, रोग लुकाएर बसेका महिला आउँदैनन्”, शर्माले भन्नुभयो, “त्यसैले यसपटक हामीले त्यस्ता बिरामी महिलाको परीक्षण गर्ने अभियान सञ्चालन गरेका छौँ ।”

विशेषगरी पाठेघर र स्तन क्यान्सर भएका महिला घरपरिवार र समाजबाट अपहेलित हुने डरले रोग लुकाएर बस्ने गरेको पाइएको निजी क्षेत्रबाट स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका स्वास्थ्यकर्मी एवं लायन्सका पूर्वगभर्नर सेम शाक्यको भनाइ छ ।

लायन्स क्लबले नियमितजसो दुर्गम क्षेत्रमा गएर सञ्चालन गरेका शिविरमा महिला कम आउने गरेको उहाँले बताउनुभयो ।

“जबसम्म शिक्षा र सचेतनाको विकास हुँदैन तबसम्म स्वास्थ्य समस्या बल्झिरहन्छ, त्यसैले हामीले महिला स्वास्थ्यमा सुधार ल्याउन बिरामी खोज्ने अभियान सञ्चालन गर्नुपरेको हो”, शाक्यले भन्नुभयो, “महिलाका स्वास्थ्य समस्या गाउँका महिला स्वास्थ्य स्वयंसेविकालाई थाह हुने भएकाले हामीहरु उनीहरूमार्फत सचेतना अभियान सञ्चालन गरिरहेका छौँ ।”

पाठेघरको क्यान्सर, स्तन क्यान्सरजस्ता जटिल रोगसमेत महिलाले लुकाएर राख्ने गरेको पाइएको शाक्यको भनाइ छ । बेलैमा जाँच नगराउने र रोग भयावह भएपछि मात्रै स्वास्थ्य संस्थामा आउँदा जनधनको क्षति हुने गरेकाले यसमा सुधार ल्याउन आफूहरुको अभियान सहयोगी हुने उहाँको अपेक्षा छ ।

अहिले बाँके र बर्दियाका स्थानीय तहसँग समन्वय गरेर महिला स्वास्थ्य स्वयंसेविकामार्फत यस्तो अभियान सञ्चालन गरिएको शाक्यले बताउनुभयो । खोजतलास अभियानमा फेला परेका महिलालाई निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गरी आवश्यक परामर्श गरिने भएको छ ।

त्यसका लागि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टु्अन्तर्गत क्षेत्र नं ६ का क्लबको आयोजनामा यही शनिबार विशेषज्ञ स्वास्थ्य शिविर गरिनेछ । शिविरमा पाठेघर, स्तन क्यान्सर, मुटुरोग, स्त्रीरोग विशेषज्ञ चिकित्सकले जाँच गर्ने कार्यक्रम रहेको संयोजक नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group