ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदिरा नियन्त्रणमा रोल्पा नगरपालिका


admin
२० पुस २०७५, शुक्रबार   २ : ०८   बजे

रोल्पा, २० पुस । मदिराका कारण समाजमा विकृति बढ्दै गएको भन्दै रोल्पा नगरापलिकाले यसको उत्पादन, बिक्री वितरण र सेवनलाई व्यवस्थित गर्ने भएको छ । नगर क्षेत्र भित्रका सरोकारवालाको सुझावका आधारमा निकट भविष्यमा हुने नगरपरिषद्बाट नीति बनाइ कार्यान्वय गर्ने भएको हो ।

मदिराकै कारण धनजनको क्षति, अनुशासनहीनता र अराजकता बढेकोले पनि यसको नियन्त्रणमा नगरपालिकाले नीति बनाएर कडाइ गर्न लागेको हो ।

जिल्लामा घट्ने अपराध, आत्महत्या, घरेलु हिंसा, लैङ्गिक हिंसा, बलात्कार र दुर्घटनामा समेत मदिरा जोडिन आएकाले यसको नियन्त्रणमा नगरपालिका जुटेको हो । मदिरा नियन्त्रणसम्बन्धी अधिकार समेत स्थानीय सरकारलाई प्रत्यायोजन भएपछि यसलाई व्यवस्थित गर्न लागिएको हो ।

“नगर कार्यपालिकाको सातौँ बैठकले मदिरा बेचबिखनलाई मर्यादित बनाउने र सेवनलाई नियन्त्रणमुखी बनाउने निर्णय गरेको हुँदा सोहीअनुरुप गर्ने गरी प्रक्रिया थालनी गरेका छांै”, नगर प्रमुख पूर्ण केसीले भन्नुभयो ।

मदिरासँग जोडिएर विभिन्न घटना घट्ने र त्यसका कारण समाज नियन्त्रण बाहिर जान थालेको प्रति नगर प्रमुख केसीले चिन्ता व्यक्त गर्नुभयो । “यसलाई समयमै नियन्त्रण गर्नु जरुरी भइसक्यो ”, नगर प्रमुख केसीले भन्नुभयो ।

मदिरा सेवन, बेचबिखन र उत्पादनको आचारसंहिता बनाइ कार्यान्वय गर्ने योजनामा नगरपालिका रहेको बताइएको छ । मदिरा ऐन २०३१ र नियमावली २०३३ अनुसार मदिरा उत्पादन, बिक्री वितरण र सेवन गर्नेलाई कारवाही गर्ने अधिकार दिए पनि ऐन प्रभावकारी रुपले कार्यान्वय भएको देखिदैन ।

पछिल्लो पटक गृह मन्त्रालयले कार्यकारी आदेश २०७५ समेत जारी गरेको छ । जारी आदेशमा स्थानीय तहले कार्ययोजना बनाइ लागू गर्ने उल्लेख गरिए पनि जिल्लाका कुनै पनि गाउँपालिकाले यस तर्फ ध्यान दिएको देखिदैन । त्रिवेणी र माडी लगायतका केही गाउँपालिकाले नियन्त्रणको पहल थालनी गरेको स्थानीय प्रशासनको भनाइ छ ।

मादकपदार्थ सेवनकै कारण समाजमा विकृति बढेको प्रति सबै सहमत देखिएका छन् । जिल्लामा घट्ने घटनामध्ये धेरैजसो घटना मादकपदार्थसँग जोडिएर आउने गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, आत्महत्या, दुर्घटना जस्ता घटनाको कारक मादक पदार्थ देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक खड्काको भनाइ छ ।

स्थानीय सरकारले मादक पदार्थ नियन्त्रणका लागि आवश्यक कानून बनाए आफूहरुलाई कार्यान्वयन गर्न सहज हुने खड्काको भनाइ थियो । स्थानीय सरकार, जनप्रतिनिधि र नागरिक सबैले मादकपदार्थ उत्पादन, बिक्री वितरण र सेवनमा नियन्त्रण गर्ने निर्णय गरे कार्यान्वयनमा सहज हुने प्रहरीको सुझाव छ ।

विगतमा पनि प्रहरी र स्थानीय प्रशासनको समन्वयमा जिल्लाका केही वडामा मदिरा नियन्त्रणको प्रयास हुँदै आएपनि पूर्णरुपमा सफल हुन सकेको थिएन । रोल्पा नगरपालिका– २ ले आमा समूहको अगुवाइमा उक्त अभियानको थालनी गरेको थियो ।

“प्रहरीको सहयोगमा अभियान थालनी गरे पनि नजिकका वडाको उदासिनताले सफलता हासिल हुन सकेन”, पारिजात आमा समूहका अध्यक्ष गौमाया केसीले भन्नुभयो ।

सोही अभियानलाई सघाउन चालु आर्थिक वर्षको बजेटबाट रु दुई लाख ५० हजार विनियोजन गरिएको उक्त वडाका वडाध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । “एकाध वडाको एकल प्रयासले मात्रै यस्ता अभियान सफल नहुने भएकाले समग्र नगरपालिकालाई मदिरामुक्त बनाउने गरी घचघचाएका हौँ”, वडाध्यक्ष घर्तीले भन्नुभयो ।

नगर उपप्रमुख मनकुमारी घर्तीको संयोजकत्वमा गठित आचारसंहिता तयारी समितिले दिएको प्रतिवेदनलाई नगर सभावाट अनुमोदन गराई लागू गर्ने पक्षमा नगरपालिका रहेको बताइन्छ ।

आचारसंहिता अनुसार कुन कुन समय, स्थान र उमेर समूहले मादकपदार्थ उत्पादन, बिक्री वितरण र सेवन गर्ने भन्ने विषय समावेश हुने बताइएको छ ।

पटक÷पटक उठ्दै सेलाउँदै जाने मदिरा नियन्त्रण अभियानले यस पटक सार्थकता पाउने स्थानीयवासीले आशा गरेका छन् । नगरपालिकाको अगुवाइ तथा जनप्रतिनिधिको सक्रिय सहभागितामा अभियानको शुरुवात गरिएकाले यसको नियन्त्रणमा सघाउ पुग्ने आशा गर्न सकिने महिला अधिकारकर्मी तीर्था आचार्यको धारणा छ । मदिरा नियन्त्रण गर्न सके घरेलु हिंसा पनि कम हुने अधिकारर्मी आचार्यको भनाइ थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group