ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगलागीमा करीब नौ लाखको क्षति


admin
२१ पुस २०७५, शनिबार   १० : २७   बजे

गौशाला, २१ पुस । महोत्तरी जिल्लाको चार स्थानमा गए राति भएको छुट्टाछुट्टै आगलागीको घटनामा करीब रु नौ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गाहा नगरपालिका–६ हतिसर्वा बस्ने उमेशप्रसाद यादवले लगाएको दुई बिघा क्षेत्रफलको उखु खेतमा अचानक आगलागी हुँदा रु आठ लाख मुल्य बराबरको क्षति भएको छ । पीडित उखु किसान यादवका अनुसार कसैले रिसइबीका कारण आगजनी गरिदिएको हो ।

त्यस्तै जिल्लाको सोनमा गाउँपालिका–३ बस्ने रामबहादुर सहनीको पोखरीको डिलमा रहेको पानी तान्ने मोटर घरमा विद्युत् सर्ट भई आगलागी हुँदा मोटरघर र मोटरसमेत जलेर रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोनमा गाउँपालिका–४ बस्ने रामकिशोर साहको दुई परालको कुन्यूमा आगलागी हुँदा रु २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको गौशाला नगरपालिका–२ निगौल बस्ने शेष कलामको घर नजिकै रहेको दुई बिघा खेतको परालमा आगलागी हुँदा करीब ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अवैध सामान बरामद 

भारतबाट भन्सार छली ल्याइएको अवैध सामान गए राति महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्लाको सम्सी गाउँपालिका–५ गैँढाभेटपुरस्थित बाटोमा भारतबाट आएको ज१०प ८२०५ नंको मोटरसाइकलमा भन्सार छली ल्याइएको १० प्याकेट राजनिवास गुटखा, चार प्याकेट शिखर गुटखा, चार प्याकेट तुलसी पान मसाला र १० प्याकेट चकलेट प्रहरीले बरामद गरेको प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताउनुभयो ।

भन्सार छली भारतबाट ल्याएका सबै सामान प्रहरीले नियन्त्रणमा लिएर मोटरसाइकल र चालकलाई छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu