ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतमा आत्मनिर्भर बन्दै सङ्खुवासभा


admin
२१ पुस २०७५, शनिबार   ११ : १६   बजे

सङ्खुवासभा, २१ पुस । सङ्खुवासभा जिल्ला विद्युत्मा आत्मनिर्भर बनेको छ । स्थानीय खोलानालाबाट पेल्ट्रीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर सञ्चालनले जिल्लामा लोडसेडिङ अन्त्य भएको छ ।

बर्खायामको समय आफ्नै जिल्लामा उत्पादन भएको विद्युत् बढी हुने नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय खाँदबारीका प्रमुख ध्रुव अधिकारीले जानकारी दिनुभयो ।

सङ्खुवासभामा हाल ११.८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ । जिल्लामा सभाखोलाबाट ४.४ मेगावाट, हेवाखोलाबाट ३.२ मेगावाट, पिलुवा–१ बाट तीन मेगावाट र लोवर पिलुवाबाट एक मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

जिल्लामा हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत् प्राधिकरण सङ्खुवासभा वितरण केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

जिल्लामा १० भन्दा बढी साना खोलाबाट ‘माइक्रोहाइड्रो’ सञ्चालन गरी स्थानीयवासीले विद्युत् सेवा लिइरहेका छन् । जिल्लामा उत्पादित विद्युत् छिमेकी जिल्लामा समेत दिइने गरिएको छ ।

जिल्लाको अरुण नदीमा ठूला प्रोजेक्टका रूपमा बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो, माथिल्लो अरुण, अपर अरुण, अरुण चौँथो र अरुण दोस्रोसमेतको सर्भे भइसकेको छ भने सबैभन्दा महत्वपूर्ण र ठूलो उत्पादन हुने अरुण तेस्रोको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ ।

त्यसैगरी सभाखोलाबाट दिव्यश्वरी हाइड्रोपावरले चार मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । यी दुई आयोजनाले चार किलोवाट उत्पादन गरेर केन्द्रीय प्रसारण लाइनमा आबद्ध भइसकेका छन् । निगुरे जलविद्युत् आयोजना लामो समयदेखि बिग्रिएर बन्द रहेको छ ।

यो आयोजना जिल्लाका तीन क्याम्पस वरुण बहुमुखी, सङ्खुवासभा बहुमुखी र मादी बहुमुखी क्याम्पसले २५ वर्षका लागि लिजमा लिएर संयुक्त रूपमा सञ्चालन गरेका हुन् । त्यसका साथै जिल्लाका अन्य विभिन्न स्थानीय खोलानालाबाट स्थानीय रूपमा ऊर्जा शक्ति हाइड्रोपावर सञ्चालनमा रहेका छन् ।

सङ्खुवासभाका सात स्थानीय तहबाहेक अन्य स्थानीय तहका गाउँमा केन्द्रीय प्रसारण पुगेको छैन । केन्द्रीय प्रसारण लाइन नपुगेका ठाउँमा हाइड्रोपावरबाटै उज्यालो छाएको छ । केन्द्रीय प्रसारण लाइनले नछोएको सङ्खुवासभाका धेरै स्थानीय तहका गाउँबस्तीका पेल्ट्रीकसेट, माइक्रोहाइड्रो र हाइड्रोपावरकै भरमा छन् । सङ्खुवासभाका सिलिचोङ, चिचिला, मकालु, भोटखोला, चैनपुर नगरपालिकाभित्रका गाउँबस्ती जहाँसम्म विद्युत्को केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन, त्यहाँ स्थानीय हाइड्रोपावरको माध्यमबाट बिजुली बलिरहेका छन् ।

सङ्खुवासभामा विद्युत् उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्यून छ । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रका अनुसार हाल साँझको समयमा चार मेगावाट खपत भइरहेको छ भने दिउँसो दुई मेगावाट मात्र खपत भइरहेको छ ।

जिल्लामा उद्योग कलकारखना नभएकाले दिउँसो विद्युत्को प्रयोग कम भएको प्रमुख अधिकारीले बताउनुभयो । जिल्लामा उत्पादित विद्युत् पिलुवा सवस्टेशनबाट धनकुटा, धरान हुँदै दुहबीबाट केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ । जिल्लामा चार हाइड्रोपावरका कारणले आत्मनिर्भर भए पनि १० वटै स्थानीय तहमा भने विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group