ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असहायको स्वास्थ्य बीमा गाउँपालिकाले गराउने


admin
२१ पुस २०७५, शनिबार   २ : २०   बजे

 

दमौली, २१ पुस । तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्र बसोबास गर्ने असहाय एवं आर्थिकरुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गराउने भएको छ ।

चालू आर्थिक वर्षमा तीन सय घर परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराइने गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । उहाँले स्वास्थ्य बीमाका लागि लाग्ने खर्च गाउँपालिकाले बेहोर्ने बताउनुभयो ।

आर्थिकरुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट वञ्चित नहुन् भन्नका लागि सो योजना ल्याइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार पाँच जनासम्मको परिवारले स्वास्थ्य बीमाबापत वार्षिक रु दुई हजार ५०० शुल्क बुझाउनुपर्नेछ । गाउँपालिकाले रु. सात लाख पचास हजार शुल्क बेहोर्नेछ ।

जिल्लामा २०७४ भदौ १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम शुरुवात गरिएको थियो । तनहुँमा हालसम्म १० हजार भन्दा बढि घरधुरी स्वास्थ्य बीमामा आबद्ध भइसकेको बताइएको छ । बन्दीपुर गाउँपालिकाका ५ सय २६ घरधुरी स्वास्थ्य बीमामा आबद्ध छन् ।

दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

बीमा गरिसकेपछि सदस्यले तोकिएका सेवा प्रदायक संस्थाबाट बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा पाँच जनासम्मको परिवारले आवश्यक पर्दा वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group