ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनका राष्ट्रपतिद्वारा सेनालाई तयार रहन निर्देशन


एबीसी न्यूज
२२ पुस २०७५, आइतबार   ८ : ४४   बजे


बेइजिङ ,२२ पुस । चीनका राष्ट्रपति सी जिनपिङले देश अहिले संकटको सामना गरिरहेको र पिपुल्स लिबरेसन आर्मी (पीएलए)लाई युद्धको लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
गएको शुक्रबार सेन्ट्रल मिलिटरी कमिसन(सीएमसी) को बैठकमा बोल्दै चिनियाँ राष्ट्रपतिले सो कुरा बताएपछि त्यसको विश्वभरी नै चर्चा भएको छ । उनले चीन कस्तो खालको संकटमा परेको हो र किन उनले सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिए भन्ने कुरा चाहिँ खुलेको छैन ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्समा शनिबार प्रकाशित समाचार अनुसार चिनियाँ राष्ट्रपतिले भनेका थिए,“विश्वमा यस्तो बदलाव भइरहेको छ कि जुन गएको एक शताब्दीमा पनि भएको थिएन । र, चीन उस्तै अवस्थामा रहेको छ । उसका लागि विकासको रणनीतिक अवसर महत्वपूर्ण हो ।” उनले सैनिकका लागि आवश्यक तालिमको लागि एक आदेशमा पनि उक्त अवसरमा हस्ताक्षर गरेका थिए । सबै सैनिक टुकडीले राष्ट्रलाई परिरहेको खतरा र विकासको धार दुवै पक्षलाई बुझ्नुपर्ने र जस्तो सुकै अवस्थाको सामना गर्न तयार रहनुपर्ने उक्त अवसरमा बताएका थिए ।

ग्लोबल टाइम्सले रक्षा मामिलाका विज्ञ सोंग जोंगपिंगलाई उद्धृत गर्दै जनाएअनुसार राष्ट्रपतिले हस्ताक्षर गरेको आदेशमा चीनको पिपुल्स लिब्रेसन आर्मीका सबै टुकडीलाई स्थापनाको ७० औं वर्षगाँठका अवसरमा तियानमेन स्क्वायरमा परेडका अतिरिक्त पीएलएले युद्ध क्षमताको प्रदर्शनसमेत गर्ने जनाइएको छ । उक्त परेडका अवसरमा चीनले आफ्नो सेना युद्ध जीत्नको लागि सक्षम छ भन्ने देखाउन खोजिएको छ ।

रोयटर्सका अनुसार चीन दक्षिण चीन सागरमा आफ्नो उपस्थिति मात्रै होइन नियन्त्रण अझै बढाउन चाहन्छ । साथै अमेरिकासँगको व्यापार मुद्दालाई लिएर पनि तनाव भइरहेको छ । त्यसैगरी ताइवानसँग समेत चीनको अहिलेको सम्बन्ध तनावग्रस्त रहँदै आएको छ । चीन र अमेरिका अहिले विश्वका सबैभन्दा ठूला अर्थतन्त्र हुन् । यी दुई मुलुक अहिले बजारको लागि परोक्ष लडार्इंमा छन् । त्यसलाई विश्वव्यापी रुपमा अहिले ‘टे«ड वार’ भनिदै आएको छ । दुवैले एक अर्का देशबाट हुने आयातमा अतिरिक्त कर लगाइरहेका छन् ।
चिनिया राष्ट्रपतिले बैठकमा भनेका थिए,“आपतकालीन अवस्थामा सेना तयारी अवस्थामा रहनु पर्दछ । हामीले साझा अभियानको क्षमतापनि बढाउनु पर्छ र युद्धका नयाँ तरिकाको लागि पनि तयार रहनु जरुरी छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाका २५ जना अझै सम्पर्कविहीन, नुवाकोट पुगेर वर्षमानले गृहमन्त्रीको ध्यानाकर्षण गराए

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा राष्ट्रपति पौडेललाई समवेदना

सम्बन्धित

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu