ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवनियुक्त प्राज्ञपरिषद् सदस्यको आज शपथ


admin
२२ पुस २०७५, आइतबार   ५ : ५०   बजे

काठमाडौं,२२ पुस । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा) का नवनियुक्त प्राज्ञपरिषद् सदस्यलाई आज शपथ गराइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको उपस्थितिमा सम्बन्धित प्रतिष्ठानका कुलपतिले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सो अवसरमा नेपाल सङ्गीत प्रज्ञा–प्रतिष्ठानमा कुलपति नारायणभक्त श्रेष्ठ (रायन) ले प्राज्ञ परिषद् सदस्य हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र पे्रमर्षि, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल (मञ्जुल) लाई तथा नाफाका कुलपति केके कर्माचायले प्राज्ञ परिषद् सदस्य रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई शपथ गराउनुभएको थियो । उहाँहरुको कार्यकाल चार वर्षको हुनेछ ।

सो अवसरमा मन्त्री अधिकारीले विभिन्न जाति र समुदायले सजिएको मुलुकमा सबैका मौलिक परम्परा फरक फरक हुने बताउँदै देशभरका कला, नाटक, सङ्गीत, साहित्य संस्कृतिको संरक्षण र विकासमा योगदान गर्न दुवै प्रतिष्ठानले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले प्राज्ञसभा सदस्यको नामावली सम्बन्धित प्रतिष्ठानमा पठाइएको भए पनि उहाँहरुको सैद्धान्तिक परामर्श लिएर अन्तिम टुङ्गो चाँडो लगाउन कुलपतिलाई निर्देशन दिनुभयो । प्राज्ञसभा सदस्य गठन भएपछि मात्र मात्र प्राज्ञपरिषद्का पदाधिकारी नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group