ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो चरणको व्यापार वार्ता सकारात्मक भयो : अमेरिकी प्रतिनिधि


admin
२५ पुस २०७५, बुधबार   ४ : ४६   बजे

एजेन्सी,२५ पुस । संयुक्तराज्य अमेरिका र चिनीया अधिकारीबीच बेइजिङमा जारी पहिलो चरणको व्यापार वार्ता तेस्रो दिन बुधबार सम्पन्न भएको छ । अमेरिकी प्रतिनिधिहरुले वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

व्यापार वार्ताका लागि अमेरिकी अधिकारीहरु गत सोमबार बेइजिङ आइपुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच दुई देशबीच जारी व्यापार तनाब अन्त्य गर्ने उपायको खोजी गर्न डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी तीन महिने व्यापार युद्धविराम गर्न सहमति भएको थियो ।

व्यापार वार्ता शुरु भएसँगै अमेरिकी र एसियाली बजारमा सुधार आएको छ । बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककीन्नीले संवाददाताहरुलाई अमेरिकी प्रतिनिधिमण्डल बुधबार साँझ स्वदेश फर्कने जानकारी दिनुभयो । उहाँले पहिलो चरणको वार्ता बुधबार नै समाप्त हुने बताउनुभयो ।

“मेरो विचारमा वार्ता निकै सकारात्मक भएको छ,” म्याककीनीले भन्नुभयो । राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताउनुभएको थियो ।

अमेरिकी उप–व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण यसअघि मङ्गलबार नै समाप्त हुनेगरी तय भएको थियो ।

वासिङटनले अमेरिकी प्रविधिको जबर्जस्ती चीनमा स्थानान्तरणका साथै चिनीया कम्पनीलाई ठूलो मात्रामा उपलब्ध गराइएको सरकारी अनुदानमाथि प्रश्न उठाइआएको छ ।

व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको छ । चिनीया बजार विदेशी कम्पनीका लागि सहज बनाउन पनि अमेरिकाको दबाब छ ।

वार्ताका बारेमा चिनीया वा अमेरिकी अधिकारीहरुले विस्तृत विवरण दिएका छैनन् ।

अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई दिएको अन्तर्वार्तामा दुबै मुलुकबीच सम्झौता हुने प्रबल सम्भावना रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, व्यापार युद्धबाट अमेरिकीभन्दा चिनीया अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरु मुलुकको भन्दा बढी सामान संयुक्तराज्य अमेरिकामै बिक्री गर्दछ ।

“मेरो विचारमा सम्झौता हुन्छ र मैले निकै उत्साहजनक कुराहरु सुनिरहेको छु,” एप्पल कम्पनीका प्रमुख कार्यकारी टीम कूकले पनि विश्वास व्यक्त गर्नुभयो । “मैले अमेरिकी प्रशासनका तर्फबाट बोलिरहेको छैन, तर मैले मेरा धारणाहरु अमेरिकी प्रशासनलाई बताउने गरेको छु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group