ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्वपीडित सुरक्षाकर्मीका आफन्त पक्राउ


admin
३० पुस २०७५, सोमबार   ५ : ३१   बजे

काठमाडौं,३० पुस । प्रहरीले द्वन्द्वपीडित सुरक्षाकर्मीका २६ आफन्तलाई आज पक्राउ गरेको छ ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले माइतीघरमा धर्ना दिने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएपछि पक्राउ गरिएको हो । उक्त संघले दुई जना भाइते भएका जनाएको छ ।

बेपत्ता सुरक्षाकर्मीका परिवारलाई कम्तीमा दोब्बर राहत दिनुपर्ने, द्वन्द्वपीडित सुरक्षाकर्मीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतका माग गर्दै आन्दोलन गरेका थिए ।

सङ्घका अध्यक्ष हेमकुमारी घर्तीले द्वन्द्वपीडित परिचयपत्रको वर्गाीकरण गरी (क) वर्गको परिचयपत्र दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने माग गर्नुभयो । संघका संयोजक शेरबहादुर बस्नेतले देश र जनताको सुरक्षा दिने सिलसिलामा करिब दुई हजार ८०० सुरक्षाकर्मीले वीरगति प्राप्त गरेको उल्लेख गर्दै सरकारले उनीहरुलाई सहिद घोषणा गरिसकेको भए पनि सुविधा प्राप्त हुन नसकेकाले त्यसतर्फ सरकारलाई संवेदनशील बन्न आग्रह गर्नुभयो ।

द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार मञ्जु गिरीले तत्कालीन युद्वमा सहिद भएका सुरक्षाकर्मी तथा घाइतेलाई सरकारले सुविधा दिने विषयमा सरकार लचिलो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group