ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लागुऔषधविरुद्ध प्रहरीको ‘स्टेपिङ अपरेशन’


एबीसी न्यूज
२ माघ २०७५, बुधबार   १ : ०८   बजे

पर्वत, २ माघ । लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेशन’ शुरु गरेको छ । पर्वतमा लागुऔषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि ‘स्टेपिङ अपरेशन’ शुरु गरेको हो । अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ ।
पर्वत प्रहरीले गएको साउनयता नौ वटा लागुऔषध मुद्दा दर्ता गरेको हो । पर्वतमा गएको आव २०७४/७५ मा जम्मा दुई वटा र २०७३/७४ मा एउटा मात्रै लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको थियो । भदौ महीनामा एउटा, कात्तिक र मङ्सिरमा तीन/तीन वटा मुद्दा दर्ता गरेको छ भने पुसमा दुई वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

जिल्लाको सदरमुकाम र ग्रामीण क्षेत्रमा समेत दुव्र्यसनीको समस्या जटिल भएको भेटिएको प्रहरीले जनाएको छ । अघिल्ला वर्षको मुद्दा हेर्दा पर्वतमा लागुऔषधको खासै समस्या छैनजस्तो लागेको थियो प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले भन्नुभयो, “समुदायमा पुग्दा भित्रभित्रै भुसको आगो जस्तो फैलिएको भेटेपछि स्टेपिङ अपरेशन शुरु ग¥यौँ । जनताबाट गुनासो आएपछि निगरानी बढाउँदा पक्राउ पर्न थालेपछि उनीहरुले खरीद गर्ने ठाउँ र सेवन गर्ने साथीदेखि छिमेकी बागलुङ र म्याग्दीसमेत पुगेर दुव्र्यसनी पक्राउ गर्न प्रहरी सफल भएको उहाँको भनाइ छ ।

पर्वतमा केही लागुऔषध बागलुङबाट भित्रिने गरेको पाइएको छ भने अलि ठूलो परिणाम पोखराबाट र सुनौलीसम्म समेत पुगेर खरीद हुँदै आएको प्रहरीको भनाइ छ । अभियानका क्रममा प्रहरीले गाँजा र चरेश बढी सेवनकर्तालाई पक्राउ गरेको छ भने नर्फिन, फेनेरागन र डाइजिपाम तथा ट्याब्लेटजस्ता लागुऔषधको पनि प्रयोग भएको पाइन्छ ।

लागुऔषधका प्रयोगकर्ता बढी मात्रामा कुस्मा, जलजला र मोदी गाउँपालिकाबाट पक्राउ परेका छन् । दुव्र्यसनमा फस्नेमा बढी जनजाति र दलित समुदायका युवायुवती रहेको प्रहरीले जनाएको छ । युवा र विद्यार्थी दुव्र्यसनमा फस्न थालेपछि अपरेशन सँगसँगै प्रहरीले जनचेतना जगाउने अभियान पनि थालेको छ ।

पर्वतका सबै विद्यालयमा पुगेर लागुऔषधका विरुद्ध विद्यार्थीमा सचेतना कक्षा सञ्चालन गरिएको र अभिभावकका बीचमा समेत सचेतना कक्षा सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिनुभयो । सेवनकर्तालाई पक्राउ गर्ने र जनचेतनासमेत सँगसँगै लगेपछि दुव्र्यसनमा कमी आउने विश्वास लिएको प्रनाउ तिवारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group