ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक


एबीसी न्यूज
७ माघ २०७५, सोमबार   १२ : ०४   बजे

काठमाडौ । ’सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक भएको छ ।‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनमा १६ विधामा प्रदान गरिने अवार्डको लागि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । राजधानीमा भएको एक कार्यक्रममा मनोनयनमा परेकालाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ ।

छनोट भएका उत्कृष्ट पाँच चुनौतीपूर्ण भिडियो समाचारमा सञ्चारकर्मी तथा पत्रकार सन्तोषी अधिकारी र सचिता बुढाथोकीको  भिडियो मनोनित भएका छन् । बालबालिकाका कारुणिक र हृदयविदारक कथा समेटिएको उत्कृष्ट टेलिभिजन रिपोर्टसंगै महिला चालकका चुनौतीपूर्ण कथामा आधारित टेलिभिजन रिपोर्ट मनोनित भएको हो । त्यसैगरि पत्रकार  अश्विन ठकुरी, अशोक पहाडीका समाचारमुलक भिडियो मनोनित भएका छन् ।

फिल्म बिधा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्रीमा मास कोरियोग्राफी, ७.८ म्याग्नीच्युट, जोगी, सम्बृद्धि, मिसन एभरेष्ट परेका छन् । त्यसैगरि उत्कृष्ट पिएसए, उत्कृष्ट छोटो फिल्म, उत्कृष्ट सिनिमेटोग्राफर, उत्कृष्ट सम्पादक, उत्कृष्ट महिला अभिनेत्री, उत्कृष्ट पुरुष अभिनेता र उत्कृष्ट निर्देशकसंगै सोसल मिडिया भिज्वलमा फेसबुक इन्स्टाग्राम टुइटर, उत्कृष्ट युट्यूब भिडियोहरु, उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली , उत्कृष्ट ट्रोल र पब्लिक चोइसबाट पाँच उत्कृष्ट छनोट गरिएको छ ।

छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ, संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गरेको आयोजक संस्थाकी अध्यक्ष एवम् चलचित्र निर्देशक सवनम मुखियाले बताए।

’सकारात्मक र सही सूचना दिने सामाजिक सञ्जालमा अपलोड गरेका चलचित्रहरु साह्रै मन छुने रहेकाले त्यसको सहि मुल्यांकनलाई सार्थकता दिन अवार्डको स्थापना गरिएको हो । यस्ता छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उहाँहरुको सिर्जनालाई सम्मान गर्दै जनमानसमाझ ल्याउनको लागि यो अवार्डको स्थापना गरिएको अध्यक्ष मुखियाले बताए।

माघ २७ गते हरेक विधामा मनोनित मध्ये एक एक जनालाई निर्णयक मण्डलको निर्णयका आधारमा छनोट गरि अवार्ड वितरण गरिने र  उत्कृष्ट पाँचमध्येबाट एकजनालाई छनोट गरि अवार्ड विजेतालाई नगदसहित सम्मान गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group