ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झुटो अपराधिक घटना तयार पार्ने एक व्यक्ति पक्राउ


admin
१७ माघ २०७५, बिहिबार   २ : ५१   बजे

काठमाडौं,१७ माघ।  बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो भनेर झुटो अपराधिक घटना तयार गरी लाखौँ रकम लुकाउने व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ । 

काठमाडौँको गोङ्गबुमा रहेको रियल टाइगर टुर्स एण्ड ट्राभल्सबाट रु आठ लाख १५ हजार बैंकमा जम्मा गर्न पठाइएका स्याङ्जा गल्याङ नगरपालिका– ११ घर भई हाल काठमाडौँ धापासी बस्दै आएका तीलकराम अधिकारीलाई पक्राउ गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनुभयो । 

ट्राभल्सबाट डेजिना बस्नेतले बैंकमा जम्मा गर्न बुधबार उक्त रकम पठाएकामा लाजिम्पाटबाट केही व्यक्तिले बन्दुक देखाई केही चिज सुँघाएर बेहोस पारी रकम लुटेर फरार रहेको भन्ने जानकारी आएपछि अनुसन्धान गर्दा अधिकारीले झुटो विवरण पेश गरी मिलेमतोमा रकम लिएको पत्ता लागेको सिंहले जानकारी दिनुभयो । 

महाशाखाको टोलीले अधिकारीसँग गरेको अनुसन्धानका क्रममा उनले साथी अमृत डुम्रेको सामाखुसीस्थित कोठामा उक्त रकम लुकाएको अवस्थामा भेटिएको थियो । अधिकारी र डुम्रे मिलेर बेहोस बनाउने क्लोरोफर्म एकअर्कालाई सुँघाएर बनावटी अपराधिक घटना बनाई रकम लिने नियत देखिएको प्रहरीको भनाइ छ । सो घटनामा संलग्न अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको र डुम्रे फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group