
नेपालगन्ज, २३ माघ । भन्सार छलेर भारतबाट अवैधरुपमा ल्याइएको लाखौँ मूल्यका सामान प्रहरीले नेपालगञ्जमा बरामद गरेको छ ।
गएराति नेपालगञ्ज वडा नं २ मा रहेको एक गोदाम घरमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले छापा मारेर उक्त सामान बरामद गरेको हो ।
गोदामबाट ८०० बोरा चामल र ४८० थान कमिज, सेन्डो गञ्जी एक हजार ४४० र अण्डरवेयर २७ प्याकेट प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक नारायण डाँगीले बताउनुभयो ।
स्थानीय सरिफ सिद्दिकीले सञ्चालन गरेको स्वस्तिक टे«डर्सको नाममा दर्ता भएको उक्त कम्पनीले राजश्व छली गरी नक्कली चामल बिक्री वितरण गर्दै आएको अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । गोदाम सञ्चालक फरार रहेको र उनको खोजी भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्