ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरुण तेस्रोको विद्युत गृहमा बम बिस्फोट


admin
२५ माघ २०७५, शुक्रबार   २ : ४३   बजे

संखुवासभा, २५ माघ । पूर्वी पहाडी जिल्ला संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थलमा विहीबार राति अज्ञात समुहले बम बिस्फोटन गराएको छ ।

चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत गृहस्थलमा अज्ञात समुहले ३ वटा बम विस्फोटन गराएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक श्याम सारुगमरले बताए ।

बम विस्फोटनबाट सुरुङ प्रवेश मार्गको पानी निकाल्ने ठाउँमा सुरुङ खन्ने मेसिन र एउटा जेनेरेटरमा क्षति पुगेको प्रहरीको भनाइ छ । भने त्यसको थप विवरण आउन बाँकी नै रहेको छ ।

बम कसले र किन पडकाएको हो भन्ने बारेमा खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र प्रहरी नायव उपरिक्षक श्याम सारुमगरको नेतृत्वमा टोली घटनास्थल गएको छ ।

उक्त भवनमा गएको माघ महिनामा पनि बम विस्फोट गराएको थियो । आयोजनाको पाँच कोठे उक्त भवनका दुई कोठामा पूर्ण रुपमा क्षति पुगेको थियो । सोही स्थानमा तीन वर्षअघि पनि नेत्र बिक्रम चन्द विप्लवको पार्टीले भवनमा आगजनी गरेको थियो । र आधिकारीक रुपमा घटनाको जिम्मा समेत लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनतर्फ ताल फुटेको सूचनापछि रसुवागढी पुगे गाउँपालिका अध्यक्ष

नुवाकोटमा ९० प्रतिशत विद्युत् पुनःस्थापना, शनिबारसम्म धुन्चेमा बत्ती बाल्ने प्राधिकरणको लक्ष्य

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu