ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षा पाँचका दुई विद्यार्थीबीच ट्वाईलेटमा कुटाकुट, एकको ज्यान गयो


admin
२६ माघ २०७५, शनिबार   ११ : २३   बजे

काठमाडौं,२६ माघ । कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा एक जनाको ज्यान नै गएको छ । पोखरा महानगरपालिका वडा नं। १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको थियो ।

पिटाइबाट घाईते भएका होमको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । सोहि दिनदेखि बहोस उनी आइसियूमा उपचाररत थिए । माघ २० गते नियमित कक्षा सकिएपछि ४ बजेपछि दुई जना सहपाठी पिशाव गर्न शौचालय गएको उनका साथीहरुले बताएका छन् । होमले पिशाव गरिरहँदा आशिषले गालाको ¥याल निकाल्दिन्छु भन्दै गालामा हाने ।

होमबहादुरको गालामा पूरानो घाउ थियो । जसलाई विद्यालयले पुरानो ट्युमर भनेको छ । आशिष पनि चकचक गरिरहने केटा रहेको उनकै बुबा नन्दसिंह गुरुङले पनि बताएका छन् । आशिषले पिटेपछि उसले पनि आशिषलाई पछारेको साथीहरुको भनाई छ । होमको गाला त्यसपछि सुनिँदै गयो । त्यसपछि होम कक्षाकोठातिर गए ।

शिक्षिकाले होमको आमालाई फोन गरेर सानोतिनो चोट लागेको छ आउनुस् भनेर बोलाएको आमा खिमकुमारी बिकले बताएकी छिन् । त्यसपछि तत्काल होमलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा सिटी स्क्यान गर्नपर्छ भनेर मनिपाल रिफर गरिएको थियो । मनिपाल ईमर्जेन्सीमा भर्ना गरेर उनको शल्यक्रिया गरियो ।

अप्रेशन गरेका डा। कृष्ण कोइरालाले पहिल्यैदेखि स्वास्थ्य समस्या रहेकाले सोचेजति स्वास्थ्यमा प्रगति नभएको र ब्रेन डेथ भइसकेको बताए । होमका आफन्तले सामान्य घाउको निहुँ बनाउन नहुने भन्दै स्कुलले नै जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

तर, विद्यालयले भने ट्वाइलेमा भएको झगडामा केहि गर्न नसकिने बताएको छ । आमा खिमकुमारीले रुँदै भनिन् ‘ट्युशन पढ्दिन ममी भन्थ्यो, मैले नै पढाएँ । खाना खुवाएर स्कुल पठाएको छोरो यस्तो भयो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group