ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब म लुक्न चाहन्नँ : सल्मान रुस्दी


admin
२८ माघ २०७५, सोमबार   २ : २४   बजे

एजेन्सी,२८ माघ । इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहनुभएका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थाल्नुभएको छ । 

“म अब लुक्न चाहन्नँ,” पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीलाई सुनाउनुभयो । 

यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक “दी सटानिक भर्सेज” इस्लाम विरोधी भएको जनाउँदै रुस्दीको हत्या गर्न “आदेश (फतवा)” जारी गर्नुभएको थियो । तेहरानले हरेक वर्ष यो फतवा जारी गरिरह्यो । 

रविन्द्रनाथ टेगोर पछिका सर्वाधिक सफल भारतीय लेखक मानिएका रुस्दीले १३ वर्षसम्म कसैले सहजै नचिनुन् भनेर नक्कली नाम राख्नुभएको थियो । उहाँलाई प्रहरीले निरन्तर सुरक्षा दिएको थियो । 

“म त्यतिखेर ४१ वर्षको थिएँ, अहिले ७१ वर्ष पुगिसकें । अहिले परिस्थिति ठिकै देख्छु,” उहाँले गत सेप्टेम्बरमा भन्नुभएको थियो । “हामी निकै तिब्र रुपमा परिवर्तन भइरहेको विश्वमा छौं । र यो निकै पुरानो विषय पनि हो । अहिले अरु धेरै कुराले मानिसलाई व्यग्र बनाउन थालेका छन्, र अरु कुनै व्यक्तिले पनि कसैको हत्या गर्न सक्छ ।” 

रुस्दीले सन् २००१ को सेप्टेम्बर ११ देखि नक्कली नाम राख्न छाड्नुभएको थियो । तेहरानले रुस्दीमाथिको चेतावनी फिर्ता लिएको तीन वर्षपछि उहाँले नक्कली नाम राख्न छाड्नुभएको हो । 

तर एएफपीलाई पेरिसको एक प्रकाशन गृहमा अन्तर्वार्ता दिँदा पनि कार्यालयको मूलगेटमै सादा पोशाकका प्रहरीको निगरानी थियो । कार्यालय बाहिरको परिसरमा पनि अरु प्रहरीले सुरक्षा दिएका थिए । 

यसअघि, पूर्वी फ्रान्समा आयोजित एक पुस्तक प्रदर्शनीमा सर्वसाधारण श्रोताकै रुपमा उहाँ सहभागी हुनुभएको थियो, तर न्यूयोर्कमा भने उहाँ विल्कुलै सामान्य जीवनमा रहने गर्नुहुन्छ । न्यूयोर्कमा उहाँ झण्डै दुई दशक बस्नुभयो । “म भूमिगत बाटो (सब वे) बाटै यात्रा गर्दछु,” उहाँले भन्नुभयो । 

“दी सटानिक भर्सेज” रुस्दीको पाँचौं पुस्तक हो । अहिले उहाँको १८औं पुस्तक आइसकेको छ । भर्खरौं उहाँको “दी गोल्डेन हाउस” प्रकाशन भएको छ जुन भारतको मुम्बईका एक व्यक्तिको बारेमा छ । 

दङ्गा, बम आक्रमणको योजना तथा दी सटानिक भर्सेज पुस्तकका एक अनुवादकको हत्या एवं अरु दुई जनामाथि गोली र चक्कु प्रहारको दुर्दान्त विगत देख्नुभएका रुस्दीले भन्नुभयो, “त्यो अब अतितको भइसक्यो ।” 

“इस्लामको केही कुरै होइन । कसैले पनि त्यसरी सोचेका थिएनन्,” द सटानिक भर्सेज प्रकाशनका दिनहरुको स्मरण गर्दै उहाँले भन्नुभयो, “पश्चिमा मुलुकका मानिसहरु पहिलेभन्दा बढी जानकार देखिएका थिए ।” 

त्यति हुँदा पनि, पुस्तकका बारेमा गलत बुझियो । उहाँले भन्नुभयो, “यो पुस्तक मुलतः लन्डनमा रहेका दक्षिण एसियाली आप्रवासीहरुका बारेमा थियो ।” 

रुस्दीका साथी बेलायती–पाकिस्तानी लेखक हनिफ कुरेसी यो पुस्तक लेख्ने दुस्साहस कसैले नगर्ने बताउँदै छाप्ने त अझ कठिन रहेको बताउनुहुन्छ । 

कुरेसीले द सटानिक भर्सेजको पाण्डुलिपी पढ्दा समेत आफूले कुनै विवादित विषय नदेखेको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “पुस्तकमा अतिवादीहरुलाई उत्तेजित तुल्याउने त्यस्तो केही थिएन । मैले यो पुस्तकमा पागलपन, नवीनता र परिवर्तनका कुरा देखेको छु ।” 

तैपनि यो पुस्तकले सिर्जना गरेको रापतापले राजनीतिक इस्लामको उदयलाई प्रश्रय दिएको छ । 

रुस्दी आफैँ पनि दार्शनिक हुनुहुन्छ । यस्तो पुस्तक लेखेकामा पश्चाताप लागेको छैन भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “मलाई कुनै पछुतो छैन ।” 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu