ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गर्ने नीतिको खाँचो’


admin
१५ आश्विन २०७४, आइतबार   ११ : ३९   बजे

काठमाडौँ, १५ असोज (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सँगाल्दै सबैका अभिभावकका रुपमा रहनुभएका सबै आमा, बुबा, ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

सत्ताइसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा उहाँले दिनुभएको सन्देशमा परापूर्वकालदेखि चल्दै आएको आफूभन्दा ठूलालाई सम्मान र आदर गर्ने संस्कारलाई अक्षुण्ण राख्नु हामी सबैको कर्तव्य हो भन्दै सम्पूर्ण ज्येष्ठ नागरिकप्रति नमन गर्नुभएको छ ।

उहाँले ज्येष्ठ नागरिकका हकहितको संरक्षण तथा संवद्र्धनका लागि र उनीहरुको सम्मान–आदरका लागि सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा रहेका करिब २७ लाख ज्येष्ठ नागरिकले कुनै न कुनै तरिकाबाट आफ्नो ऊर्जाशील जीवन राष्ट्रको योगदानका लागि खर्चिनु भएको बताउँदै उहाँले ज्येष्ठ नागरिकका अनुभव हाम्रा लागि पथप्रदर्शक रही अमूल्य सम्पत्तिका रुपमा रहेको स्पष्ट गर्नुभएको छ ।

उहाँले नेपालको संविधानले मौलिक हकको माध्यमबाट ज्येष्ठ नागरिकप्रतिको राज्यको दायित्वको सिर्जना गरेको हुँदा सरकार ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका लागि सदैव चिन्तित रहेको बताउँदै भन्नुभएको छ, “राज्यको सीमित स्रोत र साधन हुँदाहुँदै पनि ज्येष्ठ नागरिकका लागि कतिपय कल्याणकारी कार्यक्रम सञ्चालन गरिरहेको हामी सबैलाई थाहा छ, अझै पनि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकता हुँदै गएको मैले महसुस गरेको छु । साथै उहाँहरुले देखाएको मार्गदर्शनलाई परिवार, समाज र राष्ट्रका सबै पक्षले अनुसरण गर्नुपर्दछ भन्ने लागेको छ ।”

संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभरि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइन्छ । यस वर्ष ‘भविष्यतर्फ पाइला ः ज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान र समाजमा सहभागिता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group