ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाका बाध्यता : हिंसा सहन्छन् तर, उजूरी दिँदैनन्


एबीसी न्यूज
१० फाल्गुन २०७५, शुक्रबार   ३ : ०५   बजे


कैलाली, १० फागुन । नेपाली समाजमा सदियौंदेखि प्रचलनमा रहेका गलत रीतिथितिले महिलामाथि हिंसा बढाएको छ । छाउपडी प्रथा, बहुविवाह, दाइजो, सुत्केरी बार्ने, बालविवाह जस्ता गलत अभ्यासले महिलामाथिको हिंसा बढाएको हो । 
पहलसिंह धामी त्रिभुवन मावि बटनपुर कैलालीका शिक्षक हुन् । उनकी श्रीमती महिनावारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छिन् । शिक्षक धामीलाई महिनावारी बार्न हँुंदैन भन्ने राम्ररी थाहा छ । उनले श्रीमतीलाई घरभित्रै सुताउने प्रयास पनि गरे तर, छिमेकी र परिवारले बस्न दिएनन् । शिक्षक धामी भन्छन् – “श्रीमती बाहिर बसाउने इच्छा छैन तर, हाम्रो समाजमा यही अभ्यास छ । सबै बाहिर बस्छन् । मेरी श्रीमती पनि पाँच दिन बाहिर बस्छिन् । उनले दुध दही खान पाउँदिनन् ।” 

नेपालीमा समाजमा सदियौंदेखि चल्दै आएका यस्ता प्रथा शिक्षक र कर्मचारीले पनि हटाउन सकेका छैनन् जसको सबैभन्दा बढी असर महिला र साना बालबालिकामा परेको छ । टीकापुर–२ की धना साउदलाई पनि महिनावारी भएका बेला घरको आँगनसम्म जाने अनुमति छैन । उनी भन्छिन् – “हाम्रो टोलमा पाँच वटा सामूहिक गोठ छन् । हामी महिनावारी हुँदा त्यहीँ बस्छौं । पहिले पहिले त घरघरमा गोठ थिए । अहिले धेरैले भत्काए तर, सामूहिक गोठ भने भत्किएका छैनन् ।” उनका अनुसार महिनावारी भएको पाँच दिन नियमित नुहाउनुपर्छ । अझ दुधे बच्चालाई दैनिक नुहाएर लुगा फेरेर मात्रै घर लैजानुपर्छ । 

टीकापुर–४ की निर्मला पाण्डे गत कात्तिकमा सुत्केरी भइन् । उनलाई ११ दिन नहुञ्जेलसम्म घरसँगै जोडिएको अलग्गै कोठामा राखियो । एघार दिनसम्म उनले कसैलाई छुन पाइनन् । निर्मला भन्छिन् – “सुत्केरी अवस्थामा आफ्नो र बच्चाको स्याहार आफैंले गरे । अलग्गै बस्न इच्छा त थिएन तर, घरमा विद्रोह गर्न सकिनँ ।” 

कैलालीकै रमिला देवकोटाका लगातार तीन छोरी जन्मिए । त्यसपछि छोरा पाउनुपर्छ भन्दै उनका श्रीमान्ले दुई पटकको गर्भ परीक्षण पछि गर्भपतन गर्न लगाए । छोरा पाइनस् भन्दै उनले बहुविवाह गरे तर, रमिलाले बहुविवाहविरुद्ध उजुरीसम्म गरिनन् । उनलाई छिमेकीले ‘छोरा जन्माउन सकिनस् त अब के गर्छस् सहेर बस’ भने । दुःखेसो पोख्दै उनले भनिन् – “मैले र मेरा छोरीले माया पनि पाएनौं । श्रीमान्ले निकै दुःख दिए तर, समाजले तिरस्कार गर्ला, कहाँ गएर बसौंला भन्ने चिन्ताले उजूरी गरिनँ ।” कैलालीमा यस्ता बहुविवाहका घटना थुप्रै हुन्छन् तर, ती प्रहरीसम्म पुग्दैनन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा गत वर्ष बहुविवाहका दश वटा मात्रै उजूरी परेका थिए । कानूनले महिनावारी बार्ने र बार्न लगाउनेलाई सजायको व्यवस्था गरेको छ । कैलालीमा अहिलेसम्म एउटा पनि यसबारे उजूरी परेको छैन । 

कैलालीको सुगरखालकी बिन्द्रा रिमाल (नाम परिवर्तन) को १७ वर्षमा विवाह भयो । विद्यालय पढ्ने उमेरमा बिन्द्रा र उनका श्रीमान्ले प्रेम विवाह गरे । विवाहपछि बिन्द्राका सासू ससुराले दैनिक दाइजोका नाममा यातना दिन थाले । बिन्द्राले प्रहरीकहाँ जाने हिम्मत नै गरिनन् । उनले माइतीको इज्जत जाने भन्दै सहेर बसिन् । माइतीले दाइजो दिन नसक्ने अवस्था देखेपछि उनले घर छाडिन् । अहिले उनी सुर्खेतको वीरेन्द्रनगरमा बस्छिन् । उनको तीन वर्षकी छोरी छन् । बिन्द्राले भनिन – “घर छोड्दा म गर्भवती थिएँ । मेरो श्रीमान्लाई थाहा थियो । म घर छोडेर निस्किएँ । मजदूरी गरेर गुजारा गरे तर, मेरो श्रीमान् मलाई लिन कहिल्यै आएनन् ।” 

उनले अगाडि भनिन् – “म कहिलेकाहीँ माइत जान्छु । उनले बिहे पनि गरेका छैनन् तर, मेरो वास्ता गर्दैनन् । मलाई दाइजो बिना नआउनु भनेका छन् । छोरी पाल्छु, बस्छु । ठूली भए पछि अधिकार यसैले खोज्छे ।” 

सुदूरपश्चिम प्रदेशका सांसद उमादेवी वादी महिलालाई कुल, धर्म, संस्कार र संस्कृतिसँग जोडेर रोकतोक वा बन्देज लगाउने गरिएको बताउनुहुन्छ । उनले भनिन् – “महिलाले गलत सामाजिक अभ्यासका कारण भोगिरहेको हिंसा न्यून गर्न संसदमा आवाज उठाइरहेकी छु ।” घरपरिवारले पनि यस्ता गलत परम्परा तोड्न आवश्यक रहेको उनको बुझाइ छ । 

सुदूरपश्चिम प्रदेश सरकारले महिला हिंसा न्यूनीकरणका लागि अभियान समेत सञ्चालन गरिरहेको छ । कैलालीका स्थानीय तहमा पनि महिला लक्ष्यित विविध कार्यक्रम सञ्चालनमा छन् । टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टले आफू निर्वाचित भइसकेपछि टीकापुरका सबै वडामा गएर छाउपडी गोठको अवस्था अवलोकन गरेको बताइन् । 

“टीकापुर नगरपालिकाका ग्रामीण क्षेत्रमा ५० प्रतिशत महिला अहिले पनि महिनावारी हुँदा बार्छन्, हामीले यो समस्यालाई गम्भीर रुपमा लिएका छौं,” बिष्टले भनिन् “यस्ता परम्परा तोड्न सबै जिम्मेवार बन्नुपर्छ । स्थानीय सरकारले पनि कडाइ गर्ने खालको नीति र कानून निर्माण गर्नुपर्छ । महिलामाथि गलत परम्पराका नाममा हिंसा भएको जानकारी पाए महिला अधिकारकर्मीले समेत उजूरी दिने व्यवस्था हुनुपर्छ ।” 

महिला अधिकारकर्मी निर्मला कडायत सदियांैदेखि समाजमा जरा गाडेर बसेको सामाजिक मूल्य मान्यता परिवर्तन गर्न त्यति सजिलो नभएको बताउँछिन । 

राष्ट्रिय मावि मनिकापुरकी शिक्षिका ज्ञानु पौडेलले आफ्नो विद्यालयमा महिनामा एक दिन किशोरीका समस्याबारे छलफल हुने गरेको जानकारी दिइन् । शिक्षिका पौडेलले भनिन् – “हामीले किशोरीलाई बालविवाह नगरुँन् भनी विवाह पछिका झमेलाबारे सम्झाउँछौं र महिनावारी हँंदा सरसफाइ आवश्यक पर्छ भन्ने जस्ता कुरा सिकाउने गर्छौं ।” 

सामाजिक अभियन्ता विष्णुदेवी रावल समाजमा विद्यमान कुप्रथाले महिलाको जीवनमा पारेको प्रभावबारे छलफल गर्न आवश्यक रहेको बताउँछिन् । कानून कडा बन्नुपर्ने र धर्म र संस्कार भनी व्याख्या गरिँदै आएका कुरालाई परिमार्जन गर्न आवश्यक भएका उनी ठान्छिन् । मुलुकी देवानी संहिताले यस्ता गलत अभ्यासका कारण महिलाले हिंसामा परे भनी उजूरी गरेमा कडा कारवाही हुने व्यवस्था गरेको त छ तर पनि अधिकाँश महिलाहरु हिंसा सहेरै बसिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group