
काठमाडौँ, १३ फागुन । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेलका टावरलाई लक्षित गरी आगजनी र बम विस्फोटक गराउन थालेपछि सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
प्रहरीले अहिले देशभर रहेको एनसेलका टावरको तथ्याङ्क संकलन गरी सुरक्षा व्यवस्थामा कडाइ गरेको हो ।
‘जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रभित्र रहेका एनसेलका टावरको तथ्याङ्क संकलन गरी ती टावरमा निरन्तर निगरानी गरिरहेको छ,’ नेपाल प्रहरीका प्रवक्त प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले भने, ‘देशभर रहेका प्राय सबै टावरमा अहिले निगरानी बढाइरहेको छ ।’
प्रवक्ता सुवेदीका अनुसार एनसेल टावरको सुरक्षाका लागि प्रहरीको गस्ती र पेट्रोलिङ बढाइएको छ । केही ठाउँमा भने निरन्तर रुपमा प्रहरी टोलीले पहरा समेत दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्