ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द


admin
१३ फाल्गुन २०७५, सोमबार   २ : ५२   बजे

एजेन्सी,१३ फागुन । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

उहाँ सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै हुनुहुन्छ । उहाँको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ । 

किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दै हुनुहुन्छ । 

उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दै हुनुहुन्छ । दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ । हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ । 

किम शनिबार नै रेल चढेर भियतनामतर्फ लाग्नुभएको हो । उहाँ चीनको राजधानी बेइजिङ हँुदै रेलमा भियतनाम पुग्नु हुनेछ । भियतनामका अधिकारीहरुले जनाएअनुसार उहाँ मङ्गलबार बिहानसम्ममा भियतनामको दोङदाङ शहरमा पुग्नु हुनेछ । 

उहाँले साढे दुई दिनको यात्रा र करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लाग्नुभएको हो । उक्त दोङदाङ शहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ । त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीहरुले बताएका छन् । 

उहाँ भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा अपरान्ह २ बजे भियतनामको राजधानी हनोई पुग्नुहुने कार्यक्रम रहेको छ । 

दोङदाङ शहरको रेलसेवा सर्वसाधारण नागरिकको लागि बन्द गरिएको दृश्य आफूले देखेको एएफपीका समाचारदाताले जनाएका छन् । उनले आफूले उक्त क्षेत्रमा रेल सेवा बन्द गरिएको र ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको देखेको बताएका छन् । 

साथै उनले तर त्यो रेलसेवा कहिलेसम्मका लागि बन्द हुने भन्ने बारेमा सरकारी अधिकारीहरुले केही नभनेका र सम्भवत मङ्गलबारसम्म बन्द हुन सक्ने पनि बताएका छन् । 

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जान लाग्नु भएको हो । उहाँहरुबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो । 

हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ । 

उहाँहरुबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो । सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी : चार हजार बढीको जीवितै उद्धार, ६२६ जनाको शव फेला

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu