ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लब समूह राजनीतिक शक्ति वा आतंककारी ? माग्यो कांग्रेसले सरकारको धारणा


admin
१५ फाल्गुन २०७५, बुधबार   ५ : ४५   बजे

काठमाडौं,१५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लब समूहको नेपाल कम्युनिष्ट पार्टीप्रतिको सरकारको धारणा माग गरेको छ ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले विप्लब समूह राजनीतिक पार्टी हो वा आतंककारी समूह भन्ने सम्बन्धमा धारणा सार्वजनिक गर्न सरकार र सत्तारुढ दलसँग माग गर्नुभएको हो ।

विप्लवका गतिविधिलाई सतही रुपमा आखा चिम्लिएर हेर्ने हो भने, नेपाल ठूलो राजनीतिक द्वन्द्वमा फस्ने भन्दै उहा“ले तत्काल धारणा स्पष्ट पार्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयसहित मुलुकका २१ स्थानमा एकै समय पारेर बम विस्फोट गराइएको घटनालाई इंकित गर्दै उहाँले यसलाई सामान्य नलिन ध्यानाकर्षण गराउनुभयो ।

सत्तारुढ दल नेकपाका नेता जनाद्र्धन शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन र संक्रमणकालीन न्यायको सम्पादन राम्रो नभए यो देशमा अर्को माओवादी जन्मिन सक्छ भनेर उद्घोष गरेको भोलिपल्ट यस्तो घटना घट्नुमा केही आशंका रहेको बताउनुभयो । सरकार र सत्तारुढ दलले घटनालाई सतही रुपमा लिने काम भए त्यसले नेपाली राजनीतिलाई अत्यन्तै दुखद अवस्थामा रुपान्तरण गर्ने चेतावनी उहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group