ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसबाट झरेर हिड्दै गर्दा त्रिशूलीमा खसेर युवक बेपत्ता


admin
१७ असार २०७४, शनिबार   ३ : १२   बजे

चितवन, १७ असार । नारायणगढ– मुग्लिन सडक खण्डमा पैदल हिँडिरहेका एक यात्रु चिप्लिएर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान ११ः४५ बजे सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी त्रिशूली नदीमा खसेर बेपत्ता हुनुभएको हो ।

सो सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्यालीबजारबाट चौधरी एक सय मिटर तल त्रिशूलीमा खस्नु भएको हो । सो सडकको मुग्लिनबाट २ दशमलव पाँच किलोमिटर नारायणगढ तर्फ शुक्रबार बिहानबाट पहिरो खसेर सडक अवरुद्ध भएपछि पैदल हिँड्दै आउनुभएका चौधरी त्रिशूलीमा खस्नुभएको हो ।

पोखराबाट घरतर्फ जान आउँदै गर्दा तनहँुको आँबुखैरहनीमा बसबाट झरेर हिँड्दै आउने क्रममा घटना भएको प्रहरीले जनाएको छ । पहिरो कटेर बस चढ्ने योजना बनाउनुभएका चौधरी बीचबाटोमानै त्रिशूलीमा खस्नुभएको हो । उहाँको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजीकार्य जारी राखेको छ । सोही सडकमा थप पहिरो आएपछि भाग्ने क्रममा हिजो पनि एक जनाको त्रिशूलीमा खसेर मृत्यु भएको थियो ।

दुई घटनाका मुख्य दुई अभियुक्त पक्राउ

त्यसैगरी चितवन जिल्लामा भएका दुई महत्वपूर्ण घटनाका मुख्य अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको छ । गोली प्रहार गरी लुटपाट गरिएको र ठूलो परिणाममा चरेस बरामत गरिएकोमा ती दुबै घटनाको मुख्य दोषी पक्राउ गरिएको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भरतपुर महानगरपालिका –२५ मा शुक्रबार साउनी महतोको घरमा गोली प्रहार गरी लुटपाटमा संलग्न मुख्य अभियुक्त पर्वत पकुवा गाविस– ८ स्थायी घर भई हाल भरतपुर २७ देवौलीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय कृष्ण शाही ठकुरीलाई प्रहरीले भारतको मुम्बईबाट यही असार १५ गते पक्राउ गरेको हो ।
यसअघि सोही घटनाका दुई अभियुक्त पक्राउ परेका थिए । फक्राउपर्नेमा नवलपरासी जिल्ला मध्यविन्दु नगरपालिका– १० अरुणखोला निवासी २१ वर्षीय लक्ष्मण परियार र सोही ठाउँका २० वर्षीय नारायण विक रहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group