ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानले राष्ट्रिय दिवसको अवसरमा सैन्य ताकत प्रदर्शन गर्दै ठूलो परेड आयोजना


एबीसी न्यूज
११ चैत्र २०७५, सोमबार   ८ : १२   बजे

काठमाडौं, ११ चैत । पछिल्लो समय छिमेकी भारतसँग चर्किएको विवादका बीच शनिबार पाकिस्तानले राष्ट्रिय दिवसको अवसरमा सैन्य ताकत प्रदर्शन गर्दै ठूलो परेड आयोजना गरेको हो । त्यसै समारोहमा बोल्दै पाकिस्तानका राष्ट्रपति अरिफ अल्भिले भारतसँग शान्तिका लागि आह्वान गर्दै आफूहरुले केबल शिक्षा र स्वास्थ्यको क्षेत्रमा मात्र केन्द्रित रहनुपर्ने बताएका हुन् ।

शनिबारको सैन्य परेडमा पाकिस्तानद्वारा निर्मित जेएफ–१७ लडाकू विमानहरुको हवाइ प्रदर्शन गरिएको थियो । तिनै मध्येको एक विमानले गत महिना भारतीय लडाकू विमानमाथि प्रहार गरेको रोयटर्सले जनाएको छ ।

यस्तोमा अल्भिले आफूहरु युद्धमा विश्वास नराख्ने हुनाले वार्तामार्फत समस्या समाधान गर्न चाहेको बताएका हुन् । त्यसैगरी उनले गत महिना भारतीय सेनामाथि भएको आत्मघाती बम हमलामा भारतले पाकिस्तानलाई बिना प्रमाण दोषी ठहर गरेको समेत आरोप लगाएका हुन् । उनले भने, “आजको सैन्य परेडले सबैलाई यही सन्देश दिन्छ कि हामी शान्तिप्रेमी जनता हौँ तर हामी कहिल्यैपनि आफ्नो सुरक्षासँग सम्झौता गर्ने छैनौँ ।”
सो परेडमा मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मद पनि उपस्थित थिए । यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उनलाई प्रमुख अतिथिका रुरपमा निम्ता गरेका थिए । त्यस्तै खानले भने यसअघि ट्वीटरमार्फत आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट राष्ट्रिय दिवसको शुभकामना प्राप्त गरेको जानकारी दिएका हुन् । उनका अनुसार मोदीले क्षेत्रीय सहकारिता र शान्तिको चाहाना व्यक्त गर्दै सो सन्देश दिएका छन् । उनले भने, “मेरो विचारमा हामीले वास्तवमै प्रभावकारी वार्तासँगै सबै समस्या समाधान गर्ने समय आइसकेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group