ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु


एबीसी न्यूज
२८ चैत्र २०७५, बिहिबार   ८ : ५०   बजे


काठमाडौं , २८ चैत । भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन भएको हो । ११ अप्रिलबाट सुरु चुनाव १९ मेसम्म चल्ने छ । मत गणना भने २३ मेबाट सुरु गरिने छ ।

तल्लो सदन लोकसभाका लागि कुल १ हजार २७९ उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुको फैसला १४ करोड २० लाख ५४ हजार ९७८ मतदाताले गर्नेछन् । यी मतदाताका लागि १० लाख बढी मतदान केन्द्र तोकिएका छन् । भिन्नाभिन्नै राज्यमा भिन्नाभिन्नै समयमा मतदान हुनेछ ।

लोकसभाका लागि ५४३ सदस्य निर्वाचित हुनेछन् । कम्तिमा २७२ सिट जुन पार्टीले जित्छ उसैले सरकारको नेतृत्व गर्नेछ । यसै चुनावबाट भाजपा नेता नरेन्द्र मोदी दोस्रो कार्यकालको लागि दोहोरिने कि नदोहोरिने भन्ने फैसला पनि हुने छ ।

यसपटक भाजपालाई राहुल गान्धी नेतृत्वको कांग्रेसले टक्कर दिने बताइएको छ । सन् २०१४ मा भएको लोकसभा चुनावमा २८२ सिट जितेको भाजपाबाट सरकारको नेतृत्वमा पुगेका थिए मोदी । त्यतिबेला कांग्रेसले २८ सिट मात्र जितेको थियो ।

पहिलो चरणमा १० राज्यका सबै सिटमा आज मतदान सम्पन्न हुनेछ । यस्तै आन्ध्रप्रदेशका सबै १७५ सिट, अरुणाचल प्रदेशका सबै ६०, सिक्मिका सबै ३२ र ओडिसाका १४७ मध्ये २८ सिट विधानसभाका लागि पनि बिहीबार नै मतदान भएको छ ।

पहिलो चरणमा आन्ध्रप्रदेश, अरुणाचल, मेघालय, उत्तराखण्ड, मिजोरम, नागाल्याण्ड, सिक्किम, लक्षद्वीप, अन्डमान र निकोबार द्वीप समूह र तेलंगनाका सबै लोकसभाका सिटमा मतदान जारी छ । यसै चरणमा असम, बिहार, छत्तिसगढ, जम्मु–कश्मीर, महाराष्ट्र, मणिपुर, ओडिसा, त्रिपुरा, उत्तर प्रदेश र पश्चिम बंगालका केही लोकसभा सिटका लागि पनि मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu