ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘लोकवार्ता विज्ञान’को अध्ययन अध्यापन शुरु


एबीसी न्यूज
३१ बैशाख २०७६, मंगलबार   १ : ४६   बजे

सुर्खेत, ३१ वैशाख । नेपालमै पहिलोपटक मध्यपश्चिम विश्वविद्यालय, कर्णाली प्रदेश सुर्खेतमा ‘लोकवार्ता विज्ञान’ विषयको अध्ययन अध्यापन शुरु भएको छ । मानविकी तथा समाजिक शास्त्र सङ्कायअन्तर्गत मध्यपश्चिम विश्वविद्यालय सुुर्खेतले सोमबारबाट ‘लोकवार्ता विज्ञान’ को अध्ययन अध्यापन शुरु गरेको हो ।

चार सेमेष्टरमा शिक्षण गराइने उक्त विषयको अवधि दुई वर्ष हुने मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन खोपीराम लम्सालले जानकारी दिनुभयो । नेपालमै पहिलोपटक कर्णालीबाट नौलो विषय ‘लोकवार्ता विज्ञान’ शुरुआत हुनुले गौरवान्वित बनाएको बताउँदै डिन लम्सालले भन्नुभयो, “यसको अध्ययन अध्यापनले यहाँको मौलिक संस्कार, संस्कृति, सम्पदा र सभ्यताको मात्र अनुसन्धान हुने छैन, समुदायमा विद्यमान जनबोली, सामाजिक विश्वास, कला, साहित्य, विभिन्न पर्व, धर्म र परम्परागत प्रथाहरुको खोज र अन्वेषण पनि गर्नेछ ।”

“कर्णाली बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त प्रदेश हो”, उहाँले थप्नुभयो, “यसको अध्ययन अध्यापनले यहाँको इतिहास, पुरातत्व र संस्कृतिलाई उत्खनन, पहिचान, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।” त्यसका साथै कर्णाली प्रदेशमा अवस्थित मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय पहिचान दिने जनशक्ति उत्पादन गर्ने उहाँको जिकिर थियो । उहाँका अनुसार प्राचीन सिल्करोड, सिञ्जा सभ्यता र कर्णालीको मौलिक संस्कृतिको समेत अध्ययन अनुसन्धान हुुने भएकाले नयाँ आयाम थपिने छ ।

पहिलोपटक प्रारम्भ गरिएको ‘लोकवार्ता विज्ञान’ले कर्णाली र नेपाल मात्र नभई दक्षिण एशियाकै परम्परागत संरचना, संस्कृति, संस्कार र मौलिकताको खोज अनुसन्धानसहित राष्ट्रियताको बोध गराउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

 महावीर पुनको नेतृत्वमा नयाँ विज्ञान मन्त्रालय, संरचना र कानुन निर्माण तीव्र

वाग्मतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिने बैठक मंगलबार बस्ने

सम्बन्धित

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu