ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उमेर नपुग्दै भएको विवाहले सम्बन्धविच्छेद बढ्दै


admin
४ जेष्ठ २०७६, शनिबार   २ : ५४   बजे

काठमाडौं,४ जेठ । घरेलु हिंसा सहन नसकेर यहाँका कतिपय महिला सम्बन्धविच्छेद गर्न बाध्य छन् । सम्बन्धविच्छेद गर्न आउने मध्ये अधिकांशको उमेर २० देखि २२ वर्ष रहेको जिल्ला अदालतले जनाएको छ । विवाह गर्ने उमेरै नपुगेका पनि सम्बन्धविच्छेद गर्न आउने गरेका अदालतका नायव सुब्बा सर्वराज खत्रीले बताउनुभयो ।

“कम उमेरमा विवाह गर्ने र विवाह गर्ने उमेरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढेको छ , विवाह गर्ने उमेर पुगेका महिला सम्बन्धविच्छेदका लागि सन्तान काखी च्यापेर अदालत पुग्नेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो । १४/१५ वर्षको उमेरमा विवाह गरेर परिपक्व भएपछि घरेलु हिंसा सहन नसकी सम्बन्धविच्छेद गर्न बाध्य भएको महिलाहरुको भनाइ छ ।

गरीब, दलित र निम्न आय भएका परिवारमा सानै उमेरमा विवाह गर्ने धेरै छन् । जाजरकोटमा १५ वर्ष नपुग्दै ४० प्रतिशत र १९ वर्ष नपुग्दै ७४ प्रतिशत किशोरीले विवाह गरिसक्ने महिला अधिकारको पक्षमा काम गर्दै आउनुभएका रामविक्रम शाहले बताउनुभयो । जनचेतनाको कमीका कारण बालविवाह हुने र त्यसका कारण उत्पन्न हुने विभिन्न सामाजिक समस्या चुनौतीका रूपमा खडा भएको उहाँको भनाइ छ ।

जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका छन् । वैशाखसम्म सम्बन्धविच्छेदका १०३ मुद्दा दर्ता भएका रेकर्डमा उल्लेख छ  । जसमध्ये गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दाको सङ्ख्या १० छ । नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या २९ रहेको अदालतले जनाएको छ । अदालतले गत साउनदेखि हालसम्म सम्बन्धविच्छेदका ६५ मुद्दा फर्स्यौट गरिसकेको छ ।

कम उमेरमा विवाह, अन्तरजातीय विवाह, मदिरा सेवन, दाइजो, वैदेशिक रोजगार, बहुविवाह, घरेलु हिंसा, बेरोजगारी, खाना लाउन नदिएको, परपुरुषसँगको अवैध सम्बन्धलगायत कारण देखाउँदै सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेका अदालतले जनाएको छ । पछिल्लो समय अंशसहितभन्दा अंश नलिई विच्छेद गर्ने र उजुरीकर्ता पुरुष पनि बढेका छन् । नलगाड नगरपालिका–११, रग्दाकी मनकुमारी विक २८ वर्षकी हुनुभयो । उहाँका दुईदेखि १३ वर्षसम्मका छ छोराछोरी छन् ।

१४ वर्षको उमेरमा विवाह गरेकी मनकुमारीले हिंसाका कारण अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न बाध्य भएको बताउनुभयो । “पढ्दापढ्दै विवाह गरियो, विवाह गरेको एक वर्षभित्र बच्चा जन्मिएपछि पढाइ पनि छुट्यो”, नलगाड बारेकोट गाउँपापालिका–४ की रमा शाहीले भन्नुभयो, “अहिले श्रीमान्बाट अलग बसेकी छु, उहाँले अर्को केटी विवाह गरेर दुःख दिएपछि हामी चार छोराछोरीसहित अलग भएको करीब एक वर्ष भयो ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group