ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नर्स र शिक्षकको माग पूरा गर्न सांसदको माग


एबीसी न्यूज
६ जेष्ठ २०७६, सोमबार   ३ : ००   बजे


काठमाडौं, ६ जेठ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी (राजपा) सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न दिइएको थियो ।

सांसद चौधरीले तराई–मधेश आन्दोलनमा विभिन्न व्यक्तिमाथि लगाइएको झुठा मुद्दा खारेज र संविधान संशोधन गर्नुपर्ने राजपाको माग सम्बोधन हुनुपर्ने बताउँदै पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठन भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । यथाशीघ्र सार्वजनिक नगरिए फेरि राजपा आन्दोलनमा उत्रन बाध्य हुने उहाँले बताउनुभयो । सभाको शून्य समयमा सांसद अतहरकमाल मुसलमानले नर्स आन्दोलनमा उत्रँदा धेरै स्वास्थ्य संस्थामा समस्या आएकाले त्यसको समाधान गर्नुपर्ने माग गर्नुभयो । सांसद अनिलकुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग पूरा गर्न सरकारसँग माग गर्नुभयो । सांसद अमरेशकुमार सिंहले उखु किसानले मूल्य नपाएको उल्लेख गर्दै कसको मिलिभगतमा पीडित भएका हुन् भनी प्रश्न गर्नुभयो ।

सांसद आशाकुमारी विकले सुदूरपश्चिमको गौरवको आयोजनाको कार्यप्रगति कछुवा गतिमा भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । सांसद उमेशकुमार श्रेष्ठले शिक्षकको खाली दरबन्दी पूर्ति गर्न माग गर्नुभयो । सांसद एकवाल मियाँले बारा जिल्लामा हावाहुरीले भत्किएका घर छुटेकाले पुनःसर्वेक्षण गर्न माग गर्नुभयो । सांसद खगराज अधिकारीले कालिगण्डकी सिँचाइ आयोजना निर्माणमा भएको ढिलाइको जवाफ माग गर्नुभयो । सांसद गजेन्द्रबहादुर महतले जग्गा अतिक्रमण गर्ने कर्मचारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको मिलेमतोमा दोषीलाई उम्काउन खोजिएकाले यसतर्फ सरकारलाई सचेत गराउनुभयो ।

सांसद घनश्याम खतिवडाले वास्तविक किसानलाई अनुदान मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीपछिरिङ लामाले माथिल्लो तामाकोशीको बाँकी सुरुङ मार्ग बनाउन आगामी आर्थिक वर्षमा बजेट छुट्याउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुनरावेदन विचाराधीन हुँदासम्म उम्मेदवारी रोक्न मिल्दैन : सर्वोच्चको महत्वपूर्ण नजिर

आज विश्वासको मतअघि किरण थापालाई ‘बहुमतको परीक्षा’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nevada Wildfire Forces Mass Evacuations, Injures First Responders

South Korea’s Workplace Harassment Law Leaves Victims in the Dark

Nepal’s Large Iron Ore Deposits Remain Untapped Despite Potential

Key Road Project Connecting Eastern Nepal Remains Unfinished After Eight Years

Traditional Buttermilk Pots Face Extinction in Nepal’s Humla District

पुनरावेदन विचाराधीन हुँदासम्म उम्मेदवारी रोक्न मिल्दैन : सर्वोच्चको महत्वपूर्ण नजिर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu