ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सी जिनपिङको उदय चीनको तेस्रो युग


admin
२ कार्तिक २०७४, बिहिबार   १० : २३   बजे

काठमाडौं, २ कात्तिक । चीन शक्ति राष्ट्रको रुपमा स्थापित त्यसै भएको पक्कै होइन । कुनै पनि देशको समृद्धिका लागि त्यस राजनीतिक वातावरण महत्वपूर्ण हुन्छ । चीनलाई समृद्ध राष्ट्रको शिखरमा पुर्‍याउन चिनियाँ नेतृत्वले अवलब्न गर्दै आएको नीति मुख्य विषय बन्ने गरेको छ । पाँच वर्ष अगाडी चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशन मार्फत सी जिनपिङ राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्याकालमा चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति राष्ट्रको रुपमा स्थापित भयो । विश्व राजनीतिका लागि शक्ति सन्तुलन गर्दै आफुलाई शक्ति राष्ट्रको रुपमा उभ्याउन राष्ट्रपति सी कै कार्यकालमा महत्वपूर्ण काम भएका छन् । यतिखेर चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन जारी छ । त्यसैले, सि जिनपिङको पाँच वर्षे राष्ट्रपतिय कार्यकालमा चीनले हासिल गरेका सफलता विश्वले लेखाजोखा गरिरहेको छ । विश्वले सी जिनपिङको कार्यकाल चीनको विकासका लागि तेस्रो युग भनेका छन् ।

चिनियाँ सांस्कृतिक क्रान्तिका नायक माओत्से तुङको शासनकाललाई चीनको विकासका लागि पहिलो युग मानिन्छ । त्यस्तै, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय सल्लाहकार आयोगका अध्यक्ष तङ छियापिङले आधुनिक चीनको मार्गत्रिच कोरेको कुरामा दुनियाँ जानकार छन् । तङ छियापिङको मार्गचित्रलाई आधुनिक चीनको दोस्रो स्वर्ण युग मान्ने गरिन्छ । यीनै दुई महान नेताले कोरेको मार्गचित्रलाई विकासमा रुपमान्तरित गर्न पाँच वर्ष अगाडी सी जिनपिङ चीनको राष्ट्रपति निर्वाचित भए । पाँच वर्षको अवधिमा राष्ट्रपति सी जिनपिङले गरेको अद्धितिय विकासलाई आधारमा मानेर राष्ट्रपति सीको कार्यकाललाई चीनका लागि तेस्रो युग मानिएको छ । सी जिनपिङकै कार्यकालमा चीन शक्ति राष्ट्र बन्नुमा धेरै पक्षले काम गरेको छ । मुख्य त, चीनमा पछिल्लो पाँच वर्षमा भएकाले बिकासले महत्वपूर्ण भूमिको बताउँछन्, चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के ।

पाँच वर्षका पाँच महत्वपूर्ण काम
विश्वमा गरिबी निवारण मुख्य समस्या बन्ने गरेको छ । विश्व शक्ति राष्ट्रका लागि पनि गरिबी निवारण मुख्य चुनौतीको रुपमा रहेको छ । आफुलाई सबैभन्दा शक्तिशाली मान्ने अमेरिका समेत यो समस्यासँग अछुतो छैन । साम्यावादी साशन व्यवस्थाको दिशामा रहेको चीनमा गरिबी समस्या झनै जटिल छ । त्यसैले निनियाँ नेतृत्वका लागि गरिबी निवारण पहिलो चुनौती मानिएको छ । सी जिनपिङले राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्दै गर्दा चीनमा दश करोडभन्दा बढी गरिब नागरिक थिए । चिनियाँ कम्युनिष्ट पार्टीको १८औं राष्ट्रिय कांग्रेसले पाँच वर्षमा गरिबी निवारण गर्ने नीति लियो । त्यसपछि राष्ट्रपति सीको नेतृत्वले सन् २०२० सम्ममा चीनबाट गरिबी पूर्ण रुपमा अन्त्य गर्ने नीति अघि सार्‍यो । त्यही नीति अनुसार चीनले गरिबी निवारणका लागि अनेक प्रयासहरु गरिरहेको छ । यो पाँच वर्षमा चीनले गरेको कामले प्रविधिको विकासले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने उदाहरण देखाएको छ ।

पर्यावरण संरक्षण तथा हरित क्रान्ति
विश्व जलवायु परिवर्तनको चपेटामा छ । अमेरिका जस्तो शक्ति राष्ट्र पेरिस जलवायु सम्झौताबाट बाहिरियो । तर, चीनले भने जलवायु न्युनिकरणका लागि अर्बौ डलर खर्च गरेको छ । चीन गम्भीर प्रदूषणको सिकार बनेको दुनियाँमा लुक्दैन । प्रदुषण न्यूनिकरणमा चीनले उत्तिकै काम गरिरहेको छ । चीनले वन सहितको शहर विकासलाई राष्ट्रिय विकास रणनीतिमा राखेको छ । सन २०२० सम्ममा चीनले दुई सय राष्ट्रिय वन शहर र एक हजार वन नमूना गाउँ बनाउने योजना लिएको छ । चीनको प्रदूषण विरोधी अभियानले तीव्रता लिएको छ । राष्ट्रपति सीको कार्याकालमा चीनका ठूला शहरहरुमा रहेका हजारौ उद्योगहरुलाई विस्थापन गरिएको छ । शहरमा रहेका पुराना उद्योगहरुलाई हटाएर वन शहर बिकास नै पर्यावरण संरक्षण तथा हरित क्रान्तिमा चीनको सफलता मानिएको छ ।

पाँच वर्षमा प्रविधि र पूर्वाधार विकास
प्रविधि र पूर्वाधार विकासमा चीन विश्व नमुना बनेको छ । चीनले पछिल्लो सयम बिकास गरेको प्रविधि र पूर्वाधार दुनियाँका लागि उदारण बन्न पुगेको छ । राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्यकालमा सबैभन्दा धेरै काम प्रविधि र पूर्वधार विकासको क्षेत्रमा भएको छ । राष्ट्रपति सीकै कार्यकालमा चीनको महत्वकांक्षी योजना वान वेल्ट वान रोटले दनियाँ हल्लयो । यसले, युरोपेली र एशियाली मुलुकहरूको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । चीनले पूर्वाधार विकासको क्षेत्रमा ५ वर्षमा विश्वले देख्ने काम गरेको छ । चीनले पछिल्लो समय बिकास गरेको हाइस्पीड रेल बेइजिङ–शाङहाई हुइकिन थालिसकेको छ । यो रेलले प्रतिघण्टा ४०० किलोमिटर दूरी पार गर्न सक्छ । यो रेललाई विश्वको तीव्र गतिको रेल मानिएको छ । राष्ट्रपति सीको पाँच वर्षे कार्यकालमा चीनले प्रविधिको क्षेत्रमा अत्याधिक विकास भयो । विश्वको पहिलो क्वान्टम स्याटेलाइट, मानवसहित अन्तरिक्षण उडान, विश्वको सवैभन्दा ठूलो टेलिस्कोप आस्किार राष्ट्रपति सीको कार्यकालमा चीनले प्रविधिको क्षेत्रमका हासिल गरेको उपलब्धी मानिएको छ ।

भ्रष्टाचार निवारणमा अद्धितिय सफलता
विश्वका अन्य मुलुकहरु जस्तै चीन पनि भ्रष्टाचार समस्याबाट प्रताडित छ । तर, राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्यकालमा भ्रष्टाचार विरुद्ध अद्धितिय काम भएको छ । राष्ट्रपति सीको कार्याकाल सकिन लाग्दा पाँच वर्षभित्र भ्रष्टाचार विरुद्ध भएका काम समेटिएको प्रतिवेदन सार्वजनिक गरिएको थियो । प्रतिवेदन अनुसार चीनले पाँच वर्षको अवधिमा भ्रष्टाचार विरुद्धको अभियानमा अनपेक्षित सफलता हासिल छ । पाँच वर्षको अवधिमा ठूला सरकारी अधिकारीदेखि तल्लो तहका सयौं कर्मचारी समेत कारवाहीमा परेका छन् । सी जिनपिङको कार्यकालमा चीनले भ्रष्टाचार विरुद्धको अभियानमा त्यसै सफलता हासिल गरेको होइन । राष्ट्रपति सीको कार्यकाल सुरु भएपछि आफ्नै पार्टी सदस्य वा सहकर्मीका लागि समेत ८ बुँदे मितव्ययी नीति बन्यो । त्यही मितव्ययी नीतिले भ्रष्टाचार निवारणमा काम गरेको छ । पाँच वर्षको अवधिमा राष्ट्रपति सीले हासिल गरेको एक महत्वपूर्ण काम भ्रष्टाचार निवारण पनि हो ।

खुल्ला अर्थतन्त्रको अभ्यास र सफलता
चीनमा हरेक क्षेत्र राज्य नियन्त्रीत थियो । तर, राष्ट्रपति सीको कार्यकाल सुरु भएपछि चीनले आफ्नो नीति धेरै परिवर्तन गर्‍यो । खुलापन र वैदेशिक लगानी भित्राउन थालेको चीनले हरेक क्षेत्रमा व्यापाक सुधारको अवधारणा अघि सारेको छ । राज्य नियन्त्रित ठूला व्यवसायहरू ज्वाइन्ट–स्टक फर्ममा बदलिएका छन् । राज्य नियन्त्रित व्यवसायको पुन:संरचना सरकारी प्रशासन दैनिक व्यवस्थापनबाट क्रमश: अलगिंदै गएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले मजदूरको कानुनी अधिकारको रक्षा गर्ने र कर्पोरेट सुधार सुनिश्चित गर्दै गएको छ । सीको कार्यकालदेखी चीनले नीजि तथा विदेशी पूँजीलाई प्रोत्साहित गरिरहेको छ । वैदेशिक लगानीमा चीनले अवलम्बन गरेको खुल्लापनकै कारण विश्वमा चीनको उत्पादनले प्रभुत्व जमाउन थालेको छ । यसरी, सुविधाजनक जीवनस्तर, विश्वमा फैलिंदो चिनियाँ सास्कृति, बलियो समाज, आर्थिक प्रगति, स्थिर राजनीति, वातावरणीय सुधार र प्रविधिको विकासले चिनियाँ जीवनस्तर साच्चिकै लोभलाग्दो भएको छ । त्यसैले राष्ट्रपति सी जिनपिङको यो पाँच वर्षे कार्याकाललाई चीनको तेस्रो स्वर्णयुग भनिएको छ ।

नेतृत्व मात्र भएर हुँदैन, नीति सहितको नेतृत्व आवश्यक हुन्छ । नीति सहितको नेतृत्व भए देश विकासका लागि सामय लाग्दैन । अथवा, नीति सहितको नेतृत्व भए कुनै पनि राष्ट्र छोटो समयमै समृद्धिको दिशमा अघि बढ्छ । पाँच वर्ष चीनलाई नेतृत्व गर्ने क्रममा राष्ट्रपति सी जिनपिङले यही कुरा पुष्टी गरेका छन् । राष्ट्रपति सी कै पाँच वर्षे कार्यकालमा चीन दोस्रो ठूलो अर्थतन्त्र भएको विश्व शक्ति राष्ट्र मात्र बन्न सकेन, दुनियाँलाई चकित पार्ने अद्धितिय विकास गर्न चीन सफल भएको छ । चीनको अद्धितिय समृद्धिमा माओत्से तुङ र तङ छियापिङको समयलाई दुई युग मानिएको छ । त्यसरीनै, राष्ट्रपति सी जिनपिङको पाँच वर्षे कार्यकाललाई चिनियाँ नागरिक र विश्वय समुदायले चीनको तेस्रो युगको रुपमा व्याख्या गरेका छन् । राष्ट्रपति सीको कार्यकालमा भएको विकासले दुनियाँ चकित छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group