ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधान र कानुन बमोजिमनै रहेको– प्रविधिमन्त्री बास्कोटा


एबीसी न्यूज
३० जेष्ठ २०७६, बिहिबार   ७ : १८   बजे

काठमाडौं, ३० जेठ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिमनै रहेको बताउनु भएको छ ।

सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले बिहीबार संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संविधान र प्रचलित कानुन अनुसार नै लोक सेवा आयोगले सो विज्ञापन खुलाएको प्रतिक्रिया दिनु भएको हो । मन्त्री बास्कोटाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनतालाई सेवा दिनुपर्ने सरकारको अप्ठयारो नबुझि सोसम्बन्धमा निर्देशन दिएको पनि उल्लेख गर्नु भयो । ‘संसदले सरकारको अप्ठयारो के छ भनेर बुझनु पर्ने होइन र ?’ मन्त्री बास्कोटाले थप्नु भयो, ‘अप्ठयारो पारेपनि सरकारले जनताको सेवा दिनका लागि पनि स्थानीय तहको माग बमोजिम कर्मचारी त दिनुपर्ला नि ।’

मन्त्री बास्कोटाले संसदीय समितिले करारमा कर्मचारी नियुक्ती गर्न दिएको निर्देशन माथि पनि प्रश्न उठने पनि स्पष्ट पार्नु भयो । ‘पोलिटिकल टाईपबाट सालासाली, भदाभदैं नियुक्ती गरियो’ भनेर प्रश्न उठाउने गरेको पनि मन्त्री बास्कोटाले स्मरण गराउनु भयो ।

मन्त्री बास्कोटाले गुठी सम्बन्धि विधेयकमा देखिएको समस्या सरोकारवाला निकायसँग छलफल गरेर टुंगो लगाउने पनि बताउनु भयो । सरकार मुलुकको संस्कृतिको संरक्षण गरेर अघि बढन प्रतिवद्ध रहेको मन्त्री बास्कोटाको भनाई छ ।
मन्त्री बास्कोटाले मिडिया काउन्सिल विधेयकमा पनि सरोकारवालाको जायज माग सम्बोधन गर्न सकिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेलाई समयअनुकूल रूपान्तरण गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu