ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बडिमालिका नगरपालिकाको कार्यालयमा तालाबन्दी


एबीसी न्यूज
४ असार २०७६, बुधबार   ७ : २४   बजे

 

 

काठमाडौं, ४ असार । खानेपानीको माग गर्दै स्थानीयवासीले बडिमालिका नगरपालिकाको कार्यालयमा आज दिउँसो ताला लगाएको छ ।

धारामा पानी नआएको करीब एक महीना बित्न लाग्दा पनि नगरपालिका र मार्तडी वृहत खानेपानी उपभोक्ता समितिले व्यवास्ता गर्दा खानेपानीको अभाव भएपछि उनीहरुले ताला लगाएका हुन् ।

हातमा रित्तो भाँडा लिएर नारा जुलुस प्रदर्शन गर्दै उनीहरुले जिल्ला सदरमुकाम मार्तडीस्थित नगरपालिकाको कार्यालयमा ताला लगाएको दुनीहाट बजार व्यवस्थापन समितिका सचिव मदन रोकायाले बताउनुभयो ।

धारामा खानेपानी नआएको एक महीना बित्न लाग्दा पनि सम्बन्धित निकाय मौन बसेपछि रित्तो भाँडा लिएर नारा जुलुससहित नगरपालिकामा ताला लगाउन बाध्य भएको रोकायाको भनाइ छ ।

मासिक रुपमा खानेपानीको महसुल तिर्ने गरेको भए पनि समयमै धारामा खानेपानी नआउँदा स्थानीय र व्यापारी र होटल व्यवसायी आन्दोलित भएका हुन् । मार्तडी बजारमा बस्दै आएका होटल व्यवसायी, व्यापारी, स्थानीय, निजी तथा सरकारी विद्यालयमा खानेपानी नआउँदा समस्या भएको छ ।

खानेपानी उपभोक्ता समितिको चरम लापरवाहीका कारण खानेपानीको अभाव देखिएको आरोप उनीहरुको छ । खानेपानीका पाइपलाइन सडक निर्माणका क्रममा स्काभेटरले छेदविच्छेद बनाएपछि सदरमुकाममा खानेपानीको अभाव भएको हो ।

बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले दोषीलाई कारवाही गर्ने र खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई तत्काल सहज रुपमा खानेपानीको आपूर्ति व्यवस्था मिलाउने बारेमा पहल गर्ने बताउनुभयो ।

मार्तडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष खडकबहादुर रावलले मार्तडी–बडिमालिका पर्यटन मार्गको सडक निर्माण भइरहेकाले सडक निर्माणका क्रममा डोजरले पाइप काटेपछि खानेपानी नआएको उल्लेख गर्दै खानेपानीको सहज व्यवस्थापनका लागि कार्य भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group