ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मासु तथा दुध डेरी पसलको अनुगमन


एबीसी न्यूज
५ असार २०७६, बिहिबार   २ : ०२   बजे

काठमाडौं, ५ असार । साँफेबगर नगरपालिकाका हाटवजार र एरर्पोट वजारमा सञ्चालनमा रहेका मासु तथा दुध डेरी पसलको अनुगमन गरिएको छ । वुधबार संयुक्त बजार अनुगमन टोलीले अनुगमन गरेको हो ।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलिले गरेको अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । साँफेबगर नगरपालिकाले व्यवसायीलाई मापदण्ड अपनाएर व्यवसाय गर्ने निर्देशन दिएको छ । साँफेबगर नगरपालिको हाटवजार र एरपोर्ट वजारमा सञ्चालित अधिकांस मासु तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । नगरपालिकामा दुई नगरका दुई वटा वजारमा सञ्चालन रहेका १६ वटा मासु पसल र दुई वटा दुध डेरी पसलले विना दर्ता व्यवसाय सञ्चालन गरेको पाइएको छ । अधिकांश मासु पसल दर्ताबिना नै सञ्चालनमा रहेको, दर्ता भएकाहरु पनि नवीकरण नगरेको, अधिकांश मासु पसल फोहर र दुर्गन्धित रहेको, ढक तराजू व्यवस्थित नगरेको, मूल्यसूची नराखेको पाइएको वरिष्ठ पशु चिकित्सक शंकर पाण्डेको भनाई रहेको छ ।

स्थानीय सरकारलाई नगरपालिका भित्रमा सञ्चालित मासु पसल तथा दुध डेरी पसल मापदण्ड विपरित सञ्चालन गरेको जानकारी भएपनि नियमित रुपमा वजार अनुगमन भने हुन सकेको छैन । सार्वजानिक रुपमा गरिने मासु व्यापारले कानुनी मापदण्ड पुरा नगरेकाले पनि स्थानिय तहले ति मापदण्ड विपरितका मासु पसलहरु लाई कानुनी दायरामा लिन सकेको छैन । जसका कारण मासु पसलहरुले व्यापारका नाममा उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरेको उपभोक्ताको भनाई रहेको छ । स्थानिय प्रशासन तथा स्थानिय तहहरुले मासु पसलहरुको व्यावस्थापनका लागि व्यावस्थापन भन्दा पनि अनुगमनको पाटो लाई मात्रै ध्यानमा राख्दा उपभोक्ताहरुले झिँगा भन्केको मासु खानुपर्ने वाध्यता रहेको छ ।

मापदण्ड विपरित सञ्चालित मासु पसललाई कानुनको दायरा ल्याउनेको लागि आकालझुक्ल नभई महिना दुई पटक अनुगमन गरेर व्यवस्गापनको लागि पहल हुने नगर उपप्रमुख विर्मलादेवि वुड्थापाको भनाई रहेको छ । मासु पसल व्यावस्थापन र उपभोक्तालाई स्वच्छ मासु खुवाउने प्रयासका साथ मासु पसलहरुको अनुगमन र निरिक्षण गरे पनि व्यावसायीहरुको लापरवाहीका कारण मासु पसलहरुलाई उपभोक्ता मैत्री वनाउन सकिएको छैन । साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर दोस्रो पटक अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालन भएको पाइए कार्वाही गर्ने चेतावनि दिनुहुन्छ ।

अनुगमन भन्नाले व्यावस्थापन र सुधारका लागि भए पनि अनुगमन पछिल्लो मौसमी नारा बनिरहेकाले उपभोक्ताहरुले अनुगमनको सार्थकता नपाउदा यो समस्या झेल्नु परेको छ । त्यसकारण मापदण्ड विपरित सञ्चालीत मासु पसलले खुलाआम गुणस्तरहिन मासु वेच्दा स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुँदा यसतर्फ स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group