ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानको सिप देश विकासमा खर्च गर्नुस – शिक्षा मन्त्री पोखरेल


एबीसी न्यूज
५ असार २०७६, बिहिबार   ७ : १६   बजे

टोकियो, जापान , ५ असार ।   नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले प्रवासमा विद्यालय खोल्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । सोमबार जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुलको अवलोकन गर्दै मन्त्री पोखरेलले प्रवासमा नेपाली विद्यालय खोल्न चाहेमा सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

मन्त्री पोखरेले विद्यालयको अवलोकन गर्दै एभरेष्ट स्कुलले नेपाली भाषा र पाठ्यक्रमलाई जापानमा समेत अध्यापन गराउन सफल भएकोमा धन्यवाद व्यक्त गर्दै नितीगत तहमा सहयोग गर्ने आश्वासन समेत दिनुभयो । उहाँले शिक्षा मन्त्रालयले बाहिरका विद्यालय सम्वोधन गर्न छुट्टै निती लिएको भन्दै अन्य देशमा पनि शाखा विस्तार गर्न आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “अंग्रेज़ी पढाउनुस, जापानिज पढाउनुस तर नेपाली भाषालाई कमजोर नबनाउनुस ।“ नेपाली भाषा पनि त्यतिकै महत्वपुर्ण भएकोले देशसंग गहिरो नाता र सम्बन्ध जोडिन्छ । उहाँले जापानमा सिकेको सिप समृद्ध नेपाल बनाउन आधार बन्ने भएकोले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले शिक्षाको निती नै दक्ष र सिपयुक्त नागरिक उत्पादन गरि देश विकासमै लगाउने भएकोले जापानमा रहदा पनि नेपालको माटोलाई बिर्सन नहुने बताउनुभयो ।

मन्त्री पोखरेलले माटो चिनौं, देश चिनौ भन्ने सरकारको नारालाई एभरेष्टको उत्पादनले सहयोग गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाले सक्षम नागरिक उत्पादन गरि नेपाललाई सहयोग गर्न आग्रह पनि गर्नुभयो ।

नेपाल संगै अन्य देशहरु युजिल्याड, अमेरिका, बङ्गलादेश, पाकिस्थान, फिलिपिन्स, ईटालियन र जापानका विद्यार्थीहरुले अध्ययन गर्दै आईरहेको यस विद्यालयमा नेपाली , अंङ्गेजी र जापानीज भाषामा अध्यापन हुने गरेको छ । नेपाल सरकारको पाठ्यक्रमअनुसार पठ्नपाठन गराउदै आएको यस बिद्यालयले नेपाली विद्यार्थीका लागि नेपाली विषय अनिवार्य बनाएको छ भने अन्य विद्यार्थीका लागि अङ्ग्रेजी र जापानी भाषामा पठनपाठन गर्ने व्यवस्था रहेको छ । २०१३ सालमा १३ जना विद्यार्थीबाट पठनपाठन सुरु गरेको एभरेष्ट स्कुलले हाल २५५ जना विद्यार्थीलाई अध्यापन गराईरहेको छ ।

हाल कक्षा ९ सम्म अध्यापन गराउदै आएको सो विद्यालयले प्रत्येक वर्ष १ कलास थप्दै निकट भविष्मै उच्च शिक्षा सम्मको अध्यापन गराउने लक्ष्य लिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डा. भुपालमान श्रेष्ठले एविसी न्युजलाई जानकारी दिनुभयो । विद्यालय अवलोकनका लागि मन्त्री पोखरेल संगै नेपाली राजदुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल एनआरएनएका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त पुग्नुभएको थियो ।

नेपाली झण्डा बोकेको भू उपग्रह ‘नेपाल स्याट १’ को अन्तरिक्षमा प्रक्षेपणका लागि गत आइतबार जापान आउनुभएका मन्त्री पोखरेलले ३ दिनको बसाईमा हिरोसिमा,नागासाकी, क्योतो र रोयलप्यालेसको समेत भ्रमण गरि बुधबार नेपाल फर्कनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

बाढीमा १६ जनाको ज्यान जोगाउने जुनमाया : ‘आफूसँग लगाएको एक जोर कपडा मात्रै बाँकी छ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu