ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ शुरु


एबीसी न्यूज
६ असार २०७६, शुक्रबार   २ : २२   बजे

 

काठमाडौं, ६ असार । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७६ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदले उठाउनुभएको प्रश्नको सम्बन्धित मन्त्रीबाट जवाफ दिने क्रम शुरु भएको छ ।

भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि, युवा तथा खेलकूद र शहरी विकास मन्त्रालयका विषयमा उठेको प्रश्नको आजको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिइरहनुभएको छ ।

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिन आजसहित असार ८, ९ र १० गतेका लागि कार्यसूची तय भएको छ । सरकारले जेठ १५ गते सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा०को संयुक्त बैठकमा राजश्व र व्ययको विवरण अर्थात् बजेट प्रस्तुत गरेको थियो ।

उक्त बजेटमा मन्त्रालयगत रुपमा छुट्याइएको रकम र कार्यक्रममाथि गत जेठ २८ गतेदेखि सदनमा छलफल शुरु भएको थियो ।

यसअघि आव २०७६/७७ को राजश्व र  व्ययको वार्षिक अनुमानमाथि जेठ १९, २०, र २१ गते सामान्य छलफल भएको थियो । त्यस बेला उठेको प्रश्नको अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिएपछिे विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu