ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसको ठक्करबाट झापामा पैदलयात्रीको घटनास्थलमै मृत्यु


एबीसी न्यूज
७ असार २०७६, शनिबार   ३ : ५०   बजे

 

भद्रपुर, , ७ असार । यात्रुवाहक बसको ठक्करबाट झापामा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ९ बस्ने अन्दाजी ६५ वर्षीय घनश्याम गडतौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत काँकडभिट्टाबाट धरानतर्फ गइरहेको को १ ख ७६६५ नम्बरको नारायणी यातायातले मेचीनगर १० स्थित नगडुब्बा पुल नजिकै पैदलयात्री गड्तौलालाई शनिवार दिउँसो २ बजे ठक्कर दिएको थियो । श्रीमती इन्द्रमायासँगै सडकमा हिँडिरहेका घनश्यामलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए । चाराआली प्रहरी चौकीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

यता बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि आक्रोशित स्थानीयले केही बेर सडक अवरुद्ध गरेका थिए । पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा यातायातका सवारीसाधन ठप्प भएका थिए । पैदलयात्रीको मृत्युपछि घटना स्थितिलाई साम्य बनाउन घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीकै सुरक्षा घेरामा यातायातका सवारीसाधन सुचारु गरिएको डिएसपी श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group