काठमाडौं, १७ असार । गए राती ११ बजे तिर साथी घर जान्छु भन्दै हिडेकी बुङगल नगरपालीका वडा नँ २ की २० बर्षीया ललीता कुमारी धामी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
मृतकको सव बुगल नगरपालीका वडा नँ २ को ताडका बगरमा उनको सब भेटिएकोे स्थानीयले बताएका छन छन । घटनाको बिषयलाई लिएर त्याहाँका स्थानीयहरुले टिप्परले ठक्कर दिएको हुन सक्ने आसंङका गर्दै दुई ओटा टिप्परमा तोडफोड गरेका छन ।
घटना स्थलमा प्रहरी पुगिसकेको र घटनाको वारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।मृतक धामी महेन्द्र उच्च माबी मा कक्षा १२ मा अध्यानरत हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्