ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको– प्रविधिमन्त्री बास्कोटा


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ३ : ३०   बजे

 

काठमाडौं, १७ असार । सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ ।

संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले अवार्डबारे प्रश्न उठाएपछि मन्त्री बांस्कोटाले आईफा अवार्डका लागि बजेट दिने सरकारको कुनै योजना नरहेको बताउनुभएको हो । बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता भने व्यक्त गर्नुभयो । बास्कोटाले आईफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पार्नुभयो । उहांले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सरकारले अवार्ड आयोजना गर्न स्विकृति दिएको प्रष्ट पार्नुभयो ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्व बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले सो अवार्डका लागि अरर्वाैको बजेट दिन लागेको भन्दै आपत्ति जनाउनु भयो ।

समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा संचालन गर्दै आएको आइफा अवार्डको आयोजनामा सरकारले नै लगानी गर्न किन गर्न पर्यो भन्ने प्रश्न पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीको बाढीपछि त्रिशूलीमा जलसतह ३ मिटरसम्म बढ्यो

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आंशिक सफलता, ‘क्राउन’ पहिचान भएपछि क्यामेरा र अक्सिजन पठाइयो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu