ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव अधिकार उल्लङ्घनमा सबैभन्दा बढी बलात्कारका घटना


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ३ : ४०   बजे

 

काठमाडौं, १७ असार । गएको छ महीनामा खोटाङ जिल्लामा भएको मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा बढी बलात्कारसम्बन्धी घटना भएकोे पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक खोटाङ शाखाले सोमबार सार्वजनिक गरेको मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी प्रतिवेदनमा जिल्लामा १४ बलात्कारसम्बन्धी घटना भएका थिए ।

‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को पूर्व अर्धवार्षिक समीक्षा’ मा गत पुस–१५ देखि हालसम्मका प्रतिनिधिमूलक घटना प्रस्तुत गरिएको थियो । यस अवधिमा छ बलात्कार तथा आठ बलात्कार प्रयासको घटना भएको इन्सेक प्रतिनिधि रामधन राईले जानकारी दिनुभयो ।

इन्सेकको अभिलेखअनुसार बलात्कारका घटनामा बालिका बढी पीडित भएका थिए । जिल्लामा चार बालिका तथा दुई महिलामाथि बलात्कारको घटनासम्बन्धी तथा पाँच महिला र तीन बालिकामाथि बलात्कार प्रयास भएको उजुरी दर्ता भएका थिए ।

बलात्कार प्रयाससम्बन्धी मुद्दाका चार आरोपीले भने सफाइ पाइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । “पीडित भनिएकाले रिसिइबीका कारण मुद्दा दर्ता गराएका रहेछन्”, उहाँले भन्नुभयो, “प्रहरीमा उजुरी आएपछि घटनाका बारेमा अनुसन्धान गर्दा उनीहरु निर्दोष रहेको पाएपछि पीडक भनिएकालाई अदालतले सफाइ दिएको थियो ।”

यस्तै हाडनातामा पर्ने एक बालिकालाई जबर्जस्ती करणी गर्ने एक जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतले जनाएको छ । इन्सेकको प्रतिवेदनअनुसार दुई महिलाको हत्या, दुई महिलालाई कुटपिट गरी घाइते बनाइएको र एक जनालाई हत्याको प्रयास गरिएको घटना दर्ता भएका थिए ।

छ महीनाको अवधिमा जिल्लामा एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group