ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कृषि कार्यक्रम प्रभावकारी


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ४ : ३५   बजे

 

काठमाडौं, १७ असार ।  कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि कार्यक्रम प्रभावकारी भएको बताउनुभएको छ । रिपोर्टस क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कायक्रममा उहाँले सो कार्यक्रम शुरु भएपछि कृषि उत्पादकत्वमा समेत वृद्धि भएको बताउनुभयो ।

सरकारले कृषि उत्पादन वृद्धिका लागि आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिइएको उहाँको भनाइ थियो । सरकारले कृषिमा विनियोजन गरेको रु २८ अर्ब बजेटमध्ये रु नौ अर्ब मलका लागि छुट्टयाइएको बताउनुभयो । मन्त्री खनालले पूँजीगत बजेट रु दुई अर्ब रहेको जानकारी दिनुभयो ।

सडक मर्मत

गलकोटः बागलुङको ताराखोला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बनेको छ । गाउँपालिकाले एकसाथ रोजगारी दिएका ९५ कामदारले गाउँपालिकाको पाँच वडामा सडक मर्मत गरेका छन् ।

सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रममार्फत उनीहरुले गाउँपालिकाको झण्डै पाँच किलोमिटर सडक मर्मत गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । आठ वटा श्रमिक समूह बनाएर सडकका खाल्डाखुल्टी पुर्ने, साँघुरो सडकलाई चौडा पार्ने, ढुङ्गा सोलिङ गर्ने, भल तर्काउनेलगायत काम गरिएको गाउँपालिकाका रोजगार संयोजक सलोनी थापाले जानकारी दिनुभयो ।

सडक मर्मतपछि सवारीसाधन सञ्चालन गर्न सहज भएको छ । सरकारले स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगारको तथ्याङ्क सङ्कलन गरी रोजगारी दिन थालेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार प्रदान गर्न गाउँपालिकामा रु २१ लाख बजेटले विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group