ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रकाश दाहालको ३८ औं जन्मजयन्ती, प्रचण्ड बने निकै भावुक


एबीसी न्यूज
१७ असार २०७६, मंगलबार   ८ : ३३   बजे

 

काठमाडौं, १७ असार । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको ३८ औं जन्म दिन । प्रकाशको स्मृतिमा स्थापित प्रकाश दाहाल प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रम गरी पाँच जना व्यक्तिलाई सम्मान गरेको छ । प्रष्तिठानले आगामी दिनमा नेपालको पर्यटन र हिमाल आरोहणको बिकास र बिस्तारमा सहयोग गर्ने बताएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको ३८ औं जन्मजयन्ती । दाहालको स्मृतिमा स्थापित प्रतिष्ठानले प्रकाश दाहाल साहासिक सगरमाथा सम्मान–२०७६ मार्फत सगरमाथा आरोहण र अन्य क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुहरुलाई सम्मान गरेको छ ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट कोरियन नागरिक ओम होङ गिल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, माया शेर्पा, छिरिङ थुन्दु शेर्पा र आङ सार्कि शेर्पालाई सम्मान पत्रसहित सम्मान गरिएको छ । त्यस्तै, रुकुम सानोभेरीका क्यान्सर पिडित पूर्व जनमुक्ति सेना धर्मबहादुर ओलीलाई १ लाख रुपैँया र गोरखा निवासी क्यान्सर पिडित १३ वर्षिया बालिका पल्लबी श्रेष्ठलाई १ लाख रुपैँया सहयोग गरिएको छ ।
२०३८ साल असार १८ गते जन्मिएका प्रकाश दाहालको ३६ वर्षको उमेरमा २०७४ मंसिर ३ गते हृदयघातको कारण अल्पायुमै निधन भएको थियो । उनको परिचय प्रचण्डका छोराको रुपमा मात्र सिमित नभै राजनीतिक व्यक्तित्व समेत रहेको थियो । २०५७ सालमा कक्षा १२ को पढाइ सकेपछि तत्कालीन नेकपा माओवादी पार्टीसँग आबद्ध भइ भुमिगत जिवन बिताएका प्रकाशले पार्टी अध्यक्ष प्रचण्डको सचिवालयको जिम्मेवारी लिएका थिए । प्रकाशले सुचना, सञ्चार व्यवस्थापन, सचिवालय र अध्यक्षको सुरक्षा घेरा सम्हाल्ने काम जनयुद्धकालमा गरेका थिए भने पार्टी शान्ति प्रक्रियामा आइसकेपछि बाबु प्रचण्ड प्रधानमन्त्री बन्दा स्वकिय सचिवको जिम्मेवारी निभाएका थिए ।

प्रतिष्ठानले आगामी वर्षहरुमा पनि आरोहणको विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुलाई सहयोग तथा सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । वि.सं. २०६९ सालको जेठ महिनामा कृष्ण केसीको नेतृत्वमा प्रकाश दाहाल लगायतको युवा नेताहरुको समुहले सगरमाथा आरोहण गरेको थियो । आरोहणमा प्रकाश दाहालको महत्वपूर्ण भुमिका रहेको थियो । उनले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा र कम्युनिष्ट पार्टीको झण्डा फहराएका थिए । राजनीतिक व्यक्तित्व भएपनि सगरमाथाको आरोहण गरेर उनले किर्तिमानी कायम गरेको पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बताउँछन् ।

प्रकाश दाहाल जीवनको उत्तरार्धमा बाबु प्रचण्डको सचिवालयलाई व्यवस्थित बनाएका थिए । उनको व्यवस्थापकीय क्षमता प्रशंसायोग्य बन्दै गएको थियो । भुमिगतकालदेखि शान्ति प्रक्रिया र सरकारको नेतृत्वसम्म आइपुग्दा प्रकाशले आफ्नो फरक फरक परिस्थितिमा पनि व्यवस्थापकिय कला देखाएका थिए । उनको सम्बन्ध आफ्नो पार्टीभित्र मात्र नभइ अन्य पार्टीका नेता, कार्यकर्तामाझ पनि उत्तिकै थियो । उनले पार्टी हेडक्वाटरको सचिवालयमा बसेर पार्टीलाई अन्य पार्टीसँगको सम्बन्ध सुमधुर बनाउने काममा समेत भुमिका खेल्ने गरेका थिए । उनको व्यवस्थापकिय पक्षबाट आम मान्छेहरुले शिक्षा लिनुपर्ने राजनीतिक दलका नेताहरुबताउंछन् ।

हरेक मान्छेको व्यक्तिगत जिवनमा केही न केही खोट अवश्य पनि हुन्छ । प्रकाश दाहालको जिवनमा पनि पारिवारिक रुपमा केही कमि कमजोरीहरु भएका हुन् । तर उनले पारिवारिक जिवनको कमिकमजोरीलाई ढाकछोप गरेनन् र सामाजिक राजनीतिक काममा निरन्तर क्रियाशिल रहिरहे । उनको राजनीति प्रतिको सक्रियताबाट आजको युवापुस्ताले पनि केही सिक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group